माओवादी थाक्यो र एमालेमा विलय भयो : बाबुराम भट्टराई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादी थाक्यो र एमालेमा विलय भयो : बाबुराम भट्टराई



काठमाडौं, फागुन २९ । बाबुराम भट्टराईले सामाजिक सञ्जालमा यही लेखेका छन् । माओवादी थाक्यो, थाकेर एमालेमा विलय भयो । बाबुरामले लेखेका छन्– एउटा मध्ययुगीन गाउँको गोठालोबाट देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेको मान्छे ६४ वर्षको उमेरमा सबैथोक त्यागेर किन भौंतारिएको होला ?

ऊ अमुक शक्तिको गोटी बनेर देश र जनतालाई धोका दिन उद्यत भएको हो ? वा ऊ आफ्ना समकालीन राजनीतिक नेताहरू ओली, प्रचण्ड, देउवा, उपेन्द्र, महन्त, गच्छदार, कमलहरूसँग सत्ता–शक्तिको खेलमा पराजित भएपछि नक्कली साधुको भेषमा जनतालाई ठग्न निस्केको हो ? आदि आदि प्रश्नहरू व्यक्त अव्यक्त रूपमा उठ्न सक्छन् ।

आखिर इतिहासको फैसला सबैले एकदिन मान्न करै लाग्छ । म त्यसमा विश्वास गर्छु । मेरो मनमा खेलिरहेका प्रश्नहरू अर्कै छन् । पहिलो, विश्वस्तरबाट हेर्दा एक्काइसौं शताब्दीको प्रारम्भिक दशकसम्म आइपुग्दा मानव जाति अभूतपूर्व विकास र भयंकर विनाशको दोसाँधमा उभिएको प्रष्ट दृष्टिगोचर हुन्छ । -न्युज अभियानबाट