ग्लोबल रिच मिस नेवा लुम्बिनी ११३८को फाइनल अाज - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ग्लोबल रिच मिस नेवा लुम्बिनी ११३८को फाइनल अाज



बुटवल : बर्बरी फेशन हाउसको आयोजना र ग्लोबल रिच कन्सल्टेन्सीको मुख्य प्रायोजनमा जारी मिस नेवा लुम्बिनी –११३८ को फिनाले अाज हुदैछ ।

फेशन तथा व्यक्तित्व सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको बर्बरी फेशन हाउसले नेवारी समुदायको बाहुल्यता रहेको बुटवल आसपासका क्षेत्रहरुलाई मध्यनजर गरी प्रतियोगिताको आयोजना गरेको प्रबन्ध निर्देशक एलिजा तुलाधरले बताइन् ।

उनले लुम्बिनी अञ्चलमै पहिलो पटक नेवारी नेवारी कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताउँदै प्रतियोगितामा १७ देखि २४ वर्षसम्मका युवतीहरुको सहभागिता रहेको जानकारी गराइन् ।तीन चरणमा भएको अडिशनबाट छनौट भएका प्रतियोगीहरुलाई २१ दिने प्रशिक्षण गरी प्रतिष्पर्धा गरिएको थियो ।

उक्त प्रशिक्षणमा व्यक्तित्व तथा सीप विकास , नेवारी भाषा,संस्कृति र भेषभुषा सम्बन्धी जानकारी गराइएको थियो । त्यस्तै प्रशिक्षण पश्चात् भ्रमण , कोरियोग्राफी सम्बन्धी तालिम र फोटो सुट गरिएको तुलाधरले बताइन् ।
प्रतियोगितामा उत्कृष्ट १६ जनाले उपाधिका लागि प्रतिष्पर्धा गर्दै छन् ।

विजेताले उपाधिसँगै , चाँदीको क्राउन , नगद पुरस्कार , मिस नेवा काठमाण्डौंको उत्कृष्ट ५ मा वाइल्ड कार्ड प्रवेश , नेवारी चलचित्र र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् ।

कार्यक्रम बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यको प्रमुख आतिथ्यमा बुटवल उद्योग वाणिज्य संघको हलमा हुने निर्देशक तुलाधरले जानकारी गराइन् ।

फाइनल प्रतियोगिताको सञ्चालन विभिन्न चरणका कार्यक्रमको सञ्चालन गर्दै आएका सञ्चारकर्मी सुमन श्रेष्ठले गर्नेछन् ।

यसमा तपाइको मत