मिडियालाई मिरुनाको गुनासो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मिडियालाई मिरुनाको गुनासो



फिल्म ‘रोजी’ मा काम गर्न लागेकी अभिनेत्री मिरुना मगरले मिडियाले आफूलाई सोध्ने प्रयास समेत नगरेको भन्दै गुनासो व्यक्त गरेकी छिन् । फिल्मको शुभसाइत समारोहमा मिरुनालाई पत्रकारले तपाई फिल्मबाट निस्कनुभएको भन्ने खबर आएको थियो भनेर सोधेका थिए । जसमा, मिरुनाले जवाफ दिदै भनिन्–‘म आज यहाँ उपस्थित हुनुले पनि सत्यता के हो भन्ने थाहा हुन्छ ।

मलाई यो बिषयमा मिडियाले एकपटक पनि सोध्ने प्रयास गर्नुभएन ।’ मिरुनाले फिल्ममा आफू सधै नै रहेको बताइन् । मिडियामा आएका खबरहरु आफूले पढेको भन्दै मिरुनाले हल्लाको पछि आफू नलाग्ने बताइन् । फिल्म ‘लालपूर्जा र लाउरे’मा काम गरिसकेकी मिरुनाले रोजीमा आफ्नो भूमिकाको बारेमा भने बताइनन् ।अभिनेता प्रदिप खड्काले मिरुना भएको खण्डमा आफूले फिल्म नै नगर्ने अडान लिएको खबर बाहिर आएको थियो ।