हामीले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने खुलासा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हामीले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने खुलासा



काठमाडौं । उपभोक्ताले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने रसायन मिसाइने गरेको खुलासा भएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक तथा ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो ।

काठमाडौं उपत्यकाभित्र ३० वटा दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ वटा डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो ।

नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकारबोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कारबोनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ । ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने ।

दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि कृषिमन्त्री खनालले सोमबार राजधानीका ४ वटा डेरीमा छापा मारेका थिए । त्यसअघि नै उनले २५ वटा डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउच संकलन गरेका थिए ।

मन्त्री खनालले दूध उत्पादनमा उपभोक्ता स्वास्थ्यको ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए । ‘सबै मापदण्ड ठीक भएका कुनै पनि दूध देखिएनन्,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘म नयाँ मापदण्ड बनाउँदै छु । के–के गर्नुपर्ने हो, निर्देशन दिइसकेको छु । अब त्यसै छाडिँदैन ।’

उनले उद्योग मन्त्रालयसँग मिलेर नयाँ मापदण्ड बनाइरहेको र अब अनुमतिपत्र रद्द गरेरै कारबाही गरिने बताए । दूधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनको भनाइ छ । ‘यस्तो पनि राज्य हुन्छ, देशै होइनजस्तो भएको छ मलाई,’ मन्त्री खनालले भने ।

राजधानीको एक ठूलो डेरी उद्योगको प्रयोगशालाका प्राविधिकका अनुसार, दूध संकलन हुने चिस्यान केन्द्र, सहकारीमा संकलक र ठेकदारहरूले दूधको अम्लीयपना घटाउन अल्कलाइन रसायनका रूपमा यी तत्त्व प्रयोग गर्दै आएका छन् । ‘सहकारीका व्यवस्थापकले टाढा–टाढाबाट दूध संकलन गर्छन् । आजको कान्तिपुरबाट ।