आइपिएल: किंग्स इलेभन पञ्जाबलाई मुम्बईले ३ रनले हरायो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आइपिएल: किंग्स इलेभन पञ्जाबलाई मुम्बईले ३ रनले हरायो



हिंजो राति भएको इन्डियन प्रिमियर लिगको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभन पञ्जाबमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै प्लअ‍ेफको सम्भावना कायमै राखेको छ।

पञ्जाब भने अर्को महत्त्वपूर्ण स्पर्धामा जित नजिक पुगरे स्तब्ध भयो। जितपछि मुम्बई चौंथो स्थानमा उक्लिएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १८६ रन बनायो। मुम्बई एक समय ७१ रनको अवस्थामा ४ विकेट गुमाएको भए पनि उसका लागि किरण पोलार्डले विस्फोटक पारी खेले उनलाइ हार्दिक पाण्ड्याले ३२ रन बनाएर साथ दिए।

त्यसअघि ओपनर सूर्यकुमार यादवले १५ बलमा २७ रन बनाएका थिए भने इशान किशनले २० रन बनाए। पोलार्ड आउट भएपछि क्रिजमा आएका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। छैंटौ नम्बरमा आएका पोलार्डले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

उनी पछि दोहोरो स्कोरका रूपमा मिचेल म्याक्लिनघमको ११ रन सर्वाधिक रह्यो। १ सय ८७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पञ्जाबका केएल राहुलले ६० बलमा ९४ रनको पारी खेले जहाँ उनले १० चौका र ३ छक्का प्रहार गरेका थिए। ओपनर क्रिस गेल लयमा देखिए पनि ११ बलमा १८ रन बनाएर आउट भए।

यद्यपि गेल आउट भए पनि त्यसको मुल्य अन्तिम समयमा आएर चुकाउनु परेको थियो। गेल आउट भएपछि क्रिजमा आएका एरोन फिन्चले केही समालिएको पारी खेल्दै ३५ बलमा ४६ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का लगाए तर अर्धशतक पूरा गर्न चार रनले चुके।

जितपछि मुम्बइले लिग १२ अंक बनाएको छ। उसको दुई खेल खेल्न बाँकी छ। सुरुवात राम्रो गरे पनि पछिल्ला खेलमा लगातारको हारपछि पञ्जाबको संकट बढेको छ। उसको प्लेअफ छनोट सम्भावना कमजोर हुँदै गएको छ। मुम्बइका लागि जसप्रित बुम्राहले सानदार बलिङ गरे उनले ४ ओभर बलिङ गर्दै विना बाउन्ड्री ३ विकेट लिन सफल भए। उनले जम्मा १५ रन मात्र दिएका थिए।