UPDATE ! मेयरलाई गोलि हान्नेको बाईक भेटियो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

UPDATE ! मेयरलाई गोलि हान्नेको बाईक भेटियो



कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली हानि उक्त समूह फरार भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा गोली प्रहार भएको जनाइएको छ ।

दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले गोलि प्रहार पछी खुकुरीले आक्रमण गरेको जनाइएको छ । उनीहरुले प्रयोग गरेको से २ प ३६७१ नम्बरको मोटरसाइकल छाडेर अर्कोमा भागेका थिए ।

सांझ करीब ८ बजे आक्रमणमा परेका ममताप्रसादलाई एक गोली पेट भन्दा तल लागेको र टाउकोमा खुकुरी प्रहार गरेको कैलालीस्थित हाम्रा सहकर्मीले जनाएका छन् ।

उपचारको लागी स्थानीय घोडाघोडी अस्पतालमा पुर्‍याइएका मेयरलाई नेपालगन्ज अस्पतालमा लैजान रेफर गरेको छ । उनको अवस्था गम्भीर भएकोले नेपालगन्ज पठाइएको हो ।