मेस्सीलाई मेस्सी केक, रोकिएन जन्मदिनमा हाँसो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मेस्सीलाई मेस्सी केक, रोकिएन जन्मदिनमा हाँसो



टिम विश्वकप फुटबलमा अप्ठ्यारोमा छ । अन्तिम १६ मा पुग्ने सम्भावनाका लागि पनि अर्जेन्टिनालाई नाइजेरियासँगको खेल जित्नै पर्छ र अरु टिमको नतिजा पर्खनु पर्छ ।

अर्जेन्टिना विश्वकपमा अहिले निकै खराब अवस्थामा छ । पहिलो खेलमा आइसल्याण्डसँग बराबरी तथा दोस्रो खेलमा क्रोएसियासँग ३–० अप्रत्यासित हारले टिमलाई समस्यामा पारेको छ ।

यहिबिचमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको जन्मदिन पर्‍यो । सन् १९८७ को जुन २४ मा जन्मिएका मेस्सीले आइतबार ३१ वर्ष पूरा भएर ३२ मा लागे ।

टिम समस्यामा भए पनि चिन्ताले होइन हाँसोले समस्या समाधान गर्न सकिन्छ भन्ने मेस्सी तथा उनको पूरै टिमले बुझेका छन् । त्यसैले आइतबार दिनभर प्रशिक्षणको क्रममा अर्जेन्टिनी टिमका खेलाडीको अनुहारमा हाँसो थियो । हाँसोको कारण थिए, कप्तान मेस्सी ।

‘बर्थ डे ब्वाइ’ मेस्सीले टिमका सबै खेलाडीलाई अनेक तरिकाले हँसाए । मेस्सीले साथी खेलाडीसँगै जन्मदिन मनाए । केक काटे । प्रशिक्षक जर्ज साम्पाओलीसहित टिमका खेलाडीले मेस्सीलाई जन्मदिनको शुभकामना दिए ।

मेस्सीलाई मेस्सीकै केक

यसैबिच मस्कोमा चकलेट तथा केक बनाउने पेशामा हरेकाहरुले मेस्सीको जन्मदिनमा उनकै केक बनाएका छन् । उनीहरुले मेस्सीलाई उपहार दिनका लागि उनीजस्तै चकलेट केक बनाएका छन् ।

मस्कोका पाँचजना केक निर्माताले झण्डै एक हप्ता लगाएर ‘मेस्सी केक’ बनाएका हुन् । मेस्सी केकको तौल ६० किलो छ । मेस्सीको जन्मदिन जुन २४ मा रहेको थाहा पाएपछि उनलाई उनीजस्तै चकलेट केक उपहार दिने भनेर यस्तो केक बनाएको प्रमुख सेफ डारिया माल्किनाले बताइन् ।

उनले हाँस्दै भनिन्, ‘हामी मेस्सीलाई मेस्सी नै दिँदैछौँ ।’