मेरो विकल्प । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मेरो विकल्प ।



-केशब आचार्य 

देशमा चुनावी माहोल तातिरहेको बेला एक अर्कामा विभिन्न तर्क बितर्कहरुको युद्ध चलिरहेको छ । एमाले माओवादीको बाम गठबन्धन एकातिर काँग्रेस सहितका केही लोकतान्त्रिक शक्तिहरुको लोकतान्त्रिक गठबन्धन अर्का तर्फ हुँदा तराईमा मधेस केन्द्रित दलहरू पनि आफ्नो एजेन्डा लिएर मैदानमा आइरहेका छन् ।

त्यस्तै अर्का तर्फ विवेकशील साझा पार्टी पनि आफ्नो एजेन्डा सहित केही क्षेत्रहरूबाट उम्मेदवारी दिएको छ । पुराना यथास्थिति बादी लोकतान्त्रिक तथा बाम गठबन्धन हरू भन्दा आफूलाई फरक ठान्ने विवेकशील साझा पार्टी धेरै युवा र बुदिजिवी को रोजाइ बनेको छ । हाम्रै पालामा देश समृद्धि भएको हेर्न चाहान्छौ भन्दै बुद्धिजीवी तथा धेरै युवाहरू विवेकशील साझालाई सघाईरहेका भेटिन्छन । किन विवेकशील साझा युवा लक्षित छ ? किन कि पुराना तथा यथास्थितिवादी तथा विभिन्न आयातीत विचारहरू बोकेका पार्टी हरू ले धेरै पटकचुनाव जिते तर युवाहरू लाई कहिले प्राथमिकता मा राखेनन ।

विदेशमा गएर मजदुरी गर्न बाध्यताहरु सृजना गरे । देशमा रोजगारी दिन सकेनन् र युवाहरूको भूमिका माथिल्लो भागमा पुग्न सकेन । विकासको नाममा भाषण हरू धेरै गरे तर देश कहिले माथि उठेन । अस्थिर राजनीति र मै खाउ मै लाउ भन्ने प्रमुख दलको रवैयाले देश बदल्न सकेन र सक्ने पनि छैन ।

तर केही युवाहरू नै विवेकशील साझा पार्टी ले के गरे भनेर प्रश्न गर्दै हिडिरहेका छन् । पुराना दलहरू को पुच्छर समात्दै देशलाई तल पार्ने कार्यमा तिनै अविवेकपुर्ण युवाहरूको मुख्य हात रहन्छ । देशमा ६५ वर्ष राज्य सत्ता आफ्नो हातमा हुँदा देशलाई विकास गर्न नसक्ने हरू आफ्नो व्यक्तिगत स्वार्थमा लालायित भए ।

कुनै जमानामा दक्षिण कोरिया र मलेसिया नेपाल भन्दा पनि गरिब हुँदा आज तिनै राष्ट्रहरूले हामी नेपालीहरू लाई रोजगार सृजना गराउदा हामीले वकालत गर्न छाडदैनौ साम्यवाद प्रजातन्त्र लोकतन्त्र माओ लेनिन र माक्र्सवाद को ।

लुटतन्त्र र भ्रष्टाचार को खुलेर विरोध गर्न सक्नु पर्छ । जसरी पुराना ठुला पार्टीले देशलाई अनिर्णयको बन्दी बनाए जसरी देश विकास भन्दा पनि राजनीति लाई पेसाको रूपमा कमाई खाने भाडो बनाए यसको विरोध गर्नु प्रतेक विवेकशील नेपाली को दायित्व हो । त्यसैले खराब राजनीतिक प्रणालीको सधैलाई अन्त्य गर्दै समृद्ध समुन्नत नेपाल निर्माणमा हामी सम्पूर्ण नेपालीको भूमिका रहन्छ ।

अन्त्यमा , विवेकशील साझा पार्टीले न त कुनै राष्ट्रघाती संधि  सम्झौता गरेको छ न त राष्ट्रघाती निर्णय । न कुनै आयातित सिद्धान्तको वकालत नै  गरेको छ । विवेकशील साझा पार्टीले मात्र समृद्ध देश निर्माण गर्नको लागि खराब राजनीतिक प्रयोगहरुलाई हटाउदै हामीमा काम गर्न सक्ने चाहाना हुनु पर्‍यो देशको पक्षमा राम्रो गर्ने भूमिका प्रत्येक नेपालीमा हुनु पर्‍यो । आयातित सिद्धान्तले भन्दा पनि काम गर्ने इक्षा शक्तिले मात्र देश बन्दछ भन्ने सिद्धान्त लिएको छ ।