मेरो अठोट सम्बृद्ध चापाकोट:ईश्वर खाण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मेरो अठोट सम्बृद्ध चापाकोट:ईश्वर खाण



नेपाली कांगे्समा युवाको ढुकढुकीका रूपमा रहेका नेता हुन् ईश्वर खाण, विद्यार्थी आन्दोलन देखी पाटीले गरेका हरेक परिवर्तनका आन्दोलनमा सक्रिय सहभागी नेता खाण युवाहरुका बिचमा लोकप्रिय नेताका रूपमा चिनिने गरेका छन् । नेपाली काँग्रेस स्याङ्जाको दुई कार्यकाल क्षेत्रीय सभापति बनेका खाण आउँदै गरेको स्थानीय तहको निर्वाचनमा स्याङ्जा जिल्ला क्षेत्र नं ३ को चापाकोट नगरपालिकाको मेहर पदका आकांक्षी को रूपमा अगाडि वढिरहेका छन्। निर्वाचन सँगै विभिन्न विषयमा क्षेत्रीय सभापति ईश्वर खाण सँग गरिएको कुराकानीको सम्पादीत अंश

नेपाली कांग्रसको राजनीतिमा कसरी आउनु भयो ?

म सानै देखिनै राजनीतिमा रुचि भएको कारणले विद्यार्थी जिवनवाटै राजनीतिमा लागेको हु । २०४२ सालमा रामपुर पाल्पामा रामतुलसी हाईस्कुल पढ्दा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेको हु । त्यति वेला नेपालमा पन्चायत विरोधी आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको थियो । नेपाल विद्यार्थी सङ्घको तर्फबाट म आन्दोलनमा सहभागी बन्दै राजनीतिलाई अगाडि बढाएको हु । त्यसपछिका विभिन्न निर्वाचनमा नेपाली काँग्रेसलाई निर्वाचनमा विजय बनाउन मेरो भूमिका रहदै आएको छ भने अबका दिनमा पनि स्याङ्जा मा नेपाली कांग्रसको झन्डा फरफराउन मेरो योगदान रहिरहने छ ।

स्थानीय निकायको निर्वाचन नजिकीदै छ यसलाई कसरी हेर्नु भएको छ ?

नेपालमा लामो समयदेखि स्थानीय तहको निर्वाचन हुन सकिरहेको थिएन । स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय तहमा जनप्रतीनीधीको उपस्थिति नरहदा जनताले असहज महसुस गर्नु परेको थियो भने जनताको काम हरू छिटो छरीतो बन्न सकिरहेको थिएन । अव स्थानीय तहको निर्वाचन हुने पक्का भए पछि जनतामा एक खालको खुसीयाली आएको छ । जनताका पिर मर्कालाई नजीकवाट बुझेर समस्याहरूको समाधान गदै जनताको जीवन स्तरमा परिवर्तन ल्याउने मौका पनि भएकाले मैले मेयर पदमा आकंक्षा देखाएको छु मेरो आकाङ्क्षालाई सबैले सकारात्मक वुझीदिनुहुनेछ भन्ने विश्वस पनि लिएको छु ।

मेयरको आकाङ्क्षा प्रकट गरीसकेपछी तपाईका एजेन्डा पनि होलान् नि ?

हो चापाकोट नयाँ बनेको नगरपालिका हो । यहाँ वाटा,े बिजुली ,स्वास्थ्य चौकी, स्कुल कलेज ,पर्याप मात्रामा छैनन् यस लाई मध्यनजर गर्दै मेरो अठोट समृद चापाकोट भन्ने नारालाई अगाडी सारेर हिडेको छु । चापाकोट नगरपालिकालाई प्रदेश नं चारको नमुना नगरपालिका बनाउने मेरो चाहना छ ।

अन्यमा ?

म क्षेत्रीय सभापति भएको नाताले आफ्नो क्षेत्र भरी नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन लागी पर्नेछु म चापाकोट नगरपालिका को मेयरकालागी संक्षम उम्मेदवार हो भन्ने कुरा क्षेत्रीय सभापति भई सकेपछी गरेका गतिविधिले पनि पुष्टि गर्दछ । यदि म मेयरको टकट नपाएको खण्डमापनी अन्य साथी हरू जसले पाए पनि उहाहरुलाई निर्वाचनमा जीताउने अभियानमा लाग्ने छु ।