यो बर्ष पनि आउँदैन काठमाडौंमा मेलम्ची, यस्तो छ कारण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यो बर्ष पनि आउँदैन काठमाडौंमा मेलम्ची, यस्तो छ कारण



काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले भने,

-बर्षा सुरु हुनु अगावै खानेपानीको पाइपलाइन बिच्छ्याएर सडक कालोपत्रे गर्छौ ।

-त्यो काम सकेपछि अर्को बर्षको सुख्खा याममा मात्रै यहाँका स्थानीयले पानी पिउन पाउनेछन् ।

-हामी घर घरमा पानी पुर्याउने योजनामा छौं ।