बुटवलमा मेगा एजुकेशन फेयर २०१८ हुदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बुटवलमा मेगा एजुकेशन फेयर २०१८ हुदै



बुटवल । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै बुटवलमा मेगा एजुकेशन फेयर हुने भएको छ । वान अप प्रा.लि.को आयोजनामा रुपन्देहीकोे बुटवल मेगा एजुकेशन फेयर हुने भएको हो ।

Abroad Study मा जान चाहने विद्यार्थीलाई सही परामर्श दिनका लागि बुटवलमा मेगा एजुकेशन फेयर आयोजना गरिएको आयोजक वान अपले जनाएको छ ।

मेगा फेयरमा अस्ट्रेलिया, अमेरिका, न्युजल्याण्ड, क्यानडा, जापान, इण्डियाका लागि शैक्षिक जानकारी दिइने व्यवस्था गरिएको वान अपका इभेण्ट मेजेनर भोला पोख्रेलले बताए ।

Abroad Study मा जान चाहने विद्यार्थीलाई एकै छानामुनि दर्जनौँ शैक्षिक परामर्शदाता भेला गराई सही काउन्सेलिङ गर्न मेगा फेयर गरिएको इभेण्ट मेजेनर पोखरेलले बताए ।

यही जेठ १८ र १९ मा वुटवलको सिद्धार्थ कटेजमा मेगा एजुकेशन फेयर हुने छ । फेयरमा कक्षा १२ को परीक्षा दिएर ब्याचलर तथा माष्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीले सहभागी हुन सक्छन् ।बिद्यार्थी अभिभावकलाई Abroad Study का विविध विषयमा जानकारी दिन दक्ष तथा नेपाल सरकारबाट मान्यता प्राप्त काउन्सलर र कन्सल्टेन्सीको सहभागिता रहनेछ ।

फेयरमा विद्यार्थीलाई करियर काउन्सेलिङ समेत गर्ने भएकोले करियर निर्माणमा महत्त्वपूर्ण खुड्किलो हुने आयोजक वान अपका इभेण्ट मेनेजर पोखरेलले दाबी गरेका छन् ।

‘हामीले विगत लामो समयदेखि शैक्षिक मेला आयोजना गर्दै आइरहँदा मुख्य रूपमा विद्यार्थीको आवश्यक्ता र चाहना अनुसार काम गरिरहेका छौँ ।

यो फेयरले विद्यार्थीलाई Abroad Study का धेरै विषयमा जानकारी दिन सक्नेछ ।’ उनले भने । फेयरमा देशका दुई दर्जन भन्दा बढी कन्सल्टेन्सी तिनले प्रतिनिधित्व गरेका देश तथा त्यहाँका कलेज, विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहने छ ।

आयोजकले फेयरमा आउने विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था गरेको छ । साथै लक्कि ड्र मार्फत एक जनालाई ल्यापटप पुरस्कार दिने व्यवस्था गरिएको छ ।