मेडिकलबाट लागूऔषध कारोबार, सञ्चालक समातिए - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मेडिकलबाट लागूऔषध कारोबार, सञ्चालक समातिए



काठमाडौं प्रहरी परिसरले मेडिकल पसलको आडमा लागूऔषध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–१४, बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक ३० वर्षीय गोपाल कार्की छन् ।

उनलाई अवैध लागूऔषधसहित पक्राउ गरिएको हो।

उनले अवैध रुपमा ट्रामा नामक लागूऔषध बिक्री बितरण गरेको सूचना पाएपछि परिसर अन्तरगतको महानगरीय प्रहरी बृत्त, कालिमाटीले कार्की मेडिकल हलमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरी टोलीले ट्रामा १ सय ५८ क्याप्सुल र २ सय १ कप ट्याप डि फेला पारेको थियो ।

उनले सोही स्थानमा सञ्चालन गरेको अर्को पूर्णिमा स्टोर्सबाट समेत २ हजार ७० ट्रामा, २ हजार १ सय ३० कप ट्याप डि, १ हजार ६ सय स्टारडन र ११ सय २० डिकोलिट ट्याब्लेट समेत बरामद भएको जनाइएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिका–१३ बाफलबाट बिहीबार पाल्पा खस्यौली घर भएका ४० वर्षीय सुमन खनालले सञ्चालन गरेको सौभाग्य मेडिकल हलमा पनि प्रहरीले छापा हानेको छ ।

त्यसक्रममा प्रहरीले ट्रामा ५ सय ट्याब्लेट, स्टागन २ सय ट्याब्लेट, स्पातमल १ सय ट्याब्लेट र ओपिडोल १ सय ट्याब्लेट बरामद गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्विर