दैनिक ४ करोडको राँगाभैंसीको मासु बिक्रि - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दैनिक ४ करोडको राँगाभैंसीको मासु बिक्रि



असोज ११, काठमाडौं-

साहाकारी बन्ने र पशुवली र पशुजन्य काटमार रोक्ने अभियान तिब्र भैरहंदा मासु प्रयोग गर्नेको संख्या बढेको छ ।

उपत्यकामा पछिल्लो समय राँगाभैंसीको मासु खपत बढेको खबर छ ।

काठमाडौं उपत्यकामा खपत हुने मासुमध्ये करिब ६० प्रतिशत राँगाभैंसीको छ ।

मासु उपभोगप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको आयात पनि त्यही हाराहारीमा वृद्धि भएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर र किर्तिपुरमा गरी दैनिक एक हजार राँगाभैंसीको खपत हुन्छ । काठमाडौंमा मात्र दैनिक ६ सय जटा खपत हुन्छ ।

व्यवसायीका अनुसार एउटा राँगाभैंसीको औसत मूल्य ४० हजार रुपैयाँ पर्छ । यसरी हेर्दा एक हजार राँगाभैंसीको खरिद मूल्य चार करोड रुपैयाँ पर्छ ।

आजको अन्नपुर्ण पोष्टमा खबर छ