मेरो योजनामा राजधानीबासीले साथ दिन्छन- मेयर पदका उमेद्वार विद्यासुन्दर शाक्य - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मेरो योजनामा राजधानीबासीले साथ दिन्छन- मेयर पदका उमेद्वार विद्यासुन्दर शाक्य



भक्तपुर, २१ बैशाख ।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको समृद्धिका लागि आफुले बनाएका सबै योजनामा राजधानीबासीले सहयोग र साथ दिने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महानगरपालिकाको यातायात व्यवस्थापन, ढल निकास, स्मार्ट पार्किङ निर्माण, मेट्रो सिटी, मोनो रेल र खानेपानी तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त डम्पिङसाईडको स्थापना गर्ने लगायतका योजना अघि सारेको बताए ।

उनले काठमाडौंलाई अन्य विदेशी शहरको नामबाट नभई काठमाडौंकै नामबाट विश्वभर चिनाउँने अभियानमा यहाँको समग्र विकासलाई अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

आगामी ३१ मा हुने स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमालेको जीत निश्चित भएको दाबी गर्दै उनले यसका लागि विभिन्न खालका अभियान चलिरहेको जानकारी दिएका छन् ।