दाई र भाउजु सँगसँगै घरमा हाम्रो भेट फेशबुक र भाईबरमा...(भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

दाई र भाउजु सँगसँगै घरमा हाम्रो भेट फेशबुक र भाईबरमा…(भिडियो सहित)



देबेन्द्र केसी, नयाँ दिल्ली

एस एल सीमा दुई विषयमा अनुतीर्ण भएमा “पुरक परीक्षा” अर्थात् फेरि दुई विषय परीक्षा दिन पाइन्थ्यो हाम्रो पालामा,ठ्याक्कै त्यस्तै पुरक नै लागु हुन्छ बिहेको एसएलसी दिने जोडीहरूलाई मङ्सिर र माघमा ।मङ्सिरमा लगन गाँठो कस्न नपाएका र बिछोडिएका जोडीहरू लाई “पुरक” बनेर माघ लागेपछि धेरै जोडीका हश्राशु बगे होलान् र मङ्सिरमा छुटेपनि माघमा मिलाईदेउ हे..बाग्लुड्ग कालीका भन्दै परेवा भाक्दै होलान् तर लोकदोहोरी क्षेत्रका युगल जोडी टिका सुबेदी र टिका पौडेलले भने मङ्सिर गयो ,माघ लाग्यो “मायाले कुरो बुझ्यो खोइ” भन्दै हुनुन्छ त्यो पनि नौसागर पारि दक्षिण कोरियाबाट ।

गायक टिका पौडेल त अबिवाहित थिए गायिका पुर्णकला बिसी तिर मन ढल्न पनि सक्छ तर बिवाहित टिका सुबेदीलाई चाहिँ किन आउन पर्‍यो माघ? किन बुझेन कसैले सुबेदी को कुरा ? के सुबेदी पनि पन्चे बाजा कै सुरसारमा छन् त ? हामी सत्य तथ्य पत्ता लगाएका छौ । हो… टिका सुबेदी पनि पन्चै बाजाकै सुरसारमा रहेछन् र त्यही पन्चे बाजा मा मोडेल दीपक गिरीको लगनगाँठो पनि नव मोडेल श्रृष्टी क्षेत्री सँग जोडिदिएछन टिका द्वयले । रियल बिहेकै झल्को दिनेगरि काठमाडौँ को अलिसान घरमा बिहे को पन्चे बाजामा चर्चित मोडल दुर्गेस थापा र मोडल अन्जली अधिकारी पनि कम्मर मर्काउदा पो थाहा भयो यो “रियल” होइन “रिल” हो, प्रसङ्ग छ टि एण्ड टी मिडियाको ब्यानरमा बनेको यथार्थ पन्चेबाजा एल्बम “मायाले कुरो बुझ्या खोइ”को ! नवराज प्रसाद अर्याल र टिका सुबेदी को निर्माणमा तयार एल्बम को लय वरिष्ठ गायक वैकुण्ठ महतको शब्दमा  लय उदयिमान गायकटिका पौडेलको रहेको छ ।

कमल सौरागको ऐरेन्ज रहेको एल्बममा टिका पौडेल र चर्चित गायिका पुर्णकला बिसीले स्वर भरेका छन् | लाग्दै गरेको माघमा हाम्रो बिहे पनि गरौँ भन्ने आशय ले हुन सक्छ माया ले अव कुरो बुझ.. बिहे गर्न ढिलो भयो भनेर मायालुलाई समाझाउदै छन् मोडल दुर्गेश । कुमार केसी को निर्देशन मा बनेको बिसुद्दै पारिवारिक एल्बम लाई वासु बरालले खिचेका छन् । वरदान डिजिटलले बजारमा ल्याएको एल्बमको सम्पादन दीपक विष्टको रहेको छ भने मन्जुश्री फिलिम्सको पोस्ट प्रोडक्सन रहेको छ ।

विगतमा भुईँचालोले भत्काएनि… , सत्यरामाराम, भैंसी  पाल्म्ला जस्ता जनजिभ्रो मा घुल्ने एल्बम दर्शक माझ ल्याएका टिका द्वय को यो प्रस्तुति दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षको छ। कोरियाको काम र घाम सँग पौठेजोरी खेल्दै टिका द्वयले जुन गुन नेपाली लोक उधोगलाई लगाएका छन् त्यसको मुल्यांङ्कन नेपाली जनताले अवश्य गर्ने छन् ।