तीजलाई लक्षित गर्दै “मायाले खान दिन्न बरिलै ” भन्दै प्रस्तुत भए इन्दिरा र दिनेश (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तीजलाई लक्षित गर्दै “मायाले खान दिन्न बरिलै ” भन्दै प्रस्तुत भए इन्दिरा र दिनेश (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिजो आज नेपाली गीत सङ्गीतको बजारमा तीजमा गीतहरू आउने लहर नै चलेको छ यसै बिच हालै मात्र अत्यन्तै समय सान्दर्भिक गीत “ मायाले खान दिन्न बरिलै सार्वजनिक भएको छ ।

अर्घाखाँची जिल्लामा जन्मिएर कलाकारिता क्षेत्रमा लागि परेका गायक दिनेश पाण्डे र गायिका इन्दिरा गैरेेको अावजमा रहेको सार्वजनिक गीतमा उनै गायक दिनेश पाण्डेले शब्द/ सङ्गीत भरेका छन् । गीतमा युवा युवतीलाई मायाले मात्र नपुग्ने माया सँगै जीवन जिउनको लागी पैसाको पनि आवश्यकता पर्छ माया माया भनेर हुन्न खानलाई कमाउनु पर्छ काम गर्नु पर्छ भन्ने कुरालाई जोड दिइएको छ ।

विष्णु भट्टराईको निर्देशन/ छायाङ्कन/ सम्पादनमा रहेको भिडियोमा किशोर, लभ्ली नारायण, मेलिना, जुनु,सरोज र शुसिलाको अभिनय रहेको छ ।दिनेश पाण्डे र इन्दिरा गैरेको प्रस्तुतिमा रहेको गीतलाई सप्तक डिजीटल प्रा .लिले बजार व्यवस्थापन गरेको छ ।