मायाको जालमा फसेको परदेशिएका नेपालीहरूले हेर्नै पर्ने मन छुने भिडियो (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मायाको जालमा फसेको परदेशिएका नेपालीहरूले हेर्नै पर्ने मन छुने भिडियो (भिडियो सहित)



समीर प्रकाश पाण्डे

लोक दोहोरी क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक बिमल डाँगी र चर्चित गायिका पूर्णकला बिसीको सुमधुर आवाजमा मर्मस्पर्सी र वास्तविक परदेशिहरुलाई समर्पित लोक दोहोरी गीत “मायाको जालमा फसेको” सार्वजनिक भएको छ ।

लोकप्रिय सर्जक गणेश चौलागाईको मर्मस्पर्सी लय र निरु न्यौपानेको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतको म्युजिक भिडियोमा रुपा कंडेल र सुरज धमलाको मन छुने अभिनय देख्न सकिन्छ । गीतमा माया प्रेमलाई मुख्य विषय बस्तु बनाई आफ्नो मान्छे सँग टाढा हुनु को पिडा समेटिएको छ । बब्बु थापाको निर्देशनमा बनेको भिडियोलाई दिनेश बान्तवाले खिचेका छन् भने विष्णु शर्माको सम्पादन रहेको छ ।

गीत निरु न्यौपाने र अनिल शाहीको प्रस्तुतिमा बिन्धवासीनि म्युजिक प्रालिले बजारमा ल्याएको हो ।