मतपेटिका बोकेको गाडीलाई लक्षित गरी डडेल्धुरामा बम विस्फोट - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी डडेल्धुरामा बम विस्फोट



 डडेल्धुरा /२२ मंसिर।

डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।

 

विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म १ सय १७ वटा मतदान केन्द्र मध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा। रमेशप्रसाद रिजालले जानकारी दिए ।

सबै मतपेटिका जिल्ला नपुगेका कारण मतगणना अझै ढिलो हुने जनाइएको छ ।

अनलाईन खबर