मासु किन्दा दश पटक सोचौं अनि किनौ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मासु किन्दा दश पटक सोचौं अनि किनौ



हिमाल पोष्ट / काठमाडौँ । उपत्यकामा रहेका सबै पशु बधस्थल उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पशु बधशाला व्यवस्थापनसम्बन्धी कार्यशालाका सहभागीले उपत्यकामा रहेका सबै पशु बधशाला नियमविपरीत रहेकाले सञ्चालन गर्न रोक लगाइनुपर्नेमा जोड दिए ।

कामपाका कार्यकारी प्रमूख ईश्वरराज पौडेलले पशु बधस्थलको अनुगमन गरी योग्य र अयोग्य भनी स्टिकर टाँस गर्ने बताए ।

पशुपक्षी मन्त्रालयका सहसचिव डा वंशी शर्माले काठमाडौँ उपत्यकामा बधस्थलभन्दा पनि मासु सञ्चय गर्नका लागि ‘चिस्यान केन्द्र’ निर्माण गर्न आवश्यक रहेको बताए ।

उपत्यकामा दैनिक करिब ६०० देखि ७०० राँगा÷भैँसी, एक हजार ५०० देखि दुई हजार खसी÷बोका र करिब दुईलाख किलो कुखुराको मासु र ३०० वटा बङ्गुर खपत हुने गरेको छ ।

उपत्यकामा पशुपक्षी बध गर्दा दैनिक ६० टन फोहर निस्कने गरेको र फोहर व्यवस्थापन गर्ने स्थानको अभाव हुँदा यसले मानव स्वास्थ्यमा अत्यन्तै असर गर्ने पशु बधशाला व्यवसायी सङ्घका अध्यक्ष डा नवीन शर्माले बताए ।

तराईमा आठवटा पशु बधशाला छन् भने उपत्यकामा मापदण्डअनुरुपको एउटा पनि बधशाला नरहेको काठमाडौँ महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । रासस