मस्जीदमा आक्रमण, ३० को मृत्यु, ४५ बढी घाइते - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मस्जीदमा आक्रमण, ३० को मृत्यु, ४५ बढी घाइते



काबुल।

अफगानिस्तानको दुई ओटा मस्जीदमा भएको आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको राजधानी काबुल र पश्चिमी प्रान्तमा रहेका दुई ओटा मस्जीदमा शुक्रबार राती आत्मघाती बम हमला भएको थियो ।

हमलामा परी कम्तीमा अरु ४५ जना घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।
घाइते मध्ये ४० जना काबुलमा भएको हमलामा घाइते भएका हुन् । काबुलमा मत्यु हुनेहरुको संख्या भने २० रहेको छ ।

काबुलमा स्थानीय समय अनुसार बेलुका ५.४० मा आक्रमणकारीहरुले इमाम ए जामान मस्जीदमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै आक्रमण झण्डै उही समयमा पश्चिमी घोर प्रान्तमा पर्ने डुलिना जिल्लाको खोजगाँ भन्ने ठाँउमा भएको थियो । सो आक्रमणमा परी १० जना मारिएका छन् भने अरु पाँच जना घाइते भएका छन् ।

दुवै घटनामा घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृत्युहुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । रासस