मरेको ग्राहकसँग बैंकले लियो सेवाशुल्क ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मरेको ग्राहकसँग बैंकले लियो सेवाशुल्क !



बीबीसी । बहुराष्ट्रिय बैंक, कमनवेल्थ बैंक अफ अष्ट्रेलिया, सीबीएले आफ्ना मृत ग्राहकहरुबाट समेत सेवा शुल्क लिइरहेको खुलासा भएको छ । यो खबर बाहिर आएलगत्तै सीबीएमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

सोधपुछका क्रममा बैंकका आधिकारिक सल्लाहकारले नै ग्राहकको मृत्यु भएको एक दशक पुगिसक्दा पनि बैंकको नाममा पैसा असुल्दै आएको पत्ता लागेपछि खबर बाहिर आएको हो । यसैकारण अहिले अष्ट्रेलियाले राष्ट्रिय स्तरको आमसर्वेक्षण अन्तर्गत ‘रोयल कमिसन’ जारी गरेको छ जसमा देशभरका विभिन्न वित्तिय संस्थाहरुमाथि अनुसन्धान गरिने बताइएको हो । गत वर्षपनि देशका मुख्य वित्तिय संस्थाहरुमा यस्तै प्रकारका अवैध कार्य भइरहेको पाइएपछि प्रधानमन्त्री मेल्कम टर्नबीलकै निर्देशनमा बैंकहरुको जाँचपड्ताल सुरु गरिएको थियो ।

बुधबारको अनुसन्धानपछि सीबीएले सेवा नदिइकनै मृत ग्राहकहरुबाट लगातार पैसा असुल्ने गरेको बताइएको थियो । यसपछि बिहीबार बैंकका कार्यकारी मेरिएन पर्कोभिकले पनि मृत ग्राहकहरुमाझ लगातार अवैध कारोबार गरिने गरेको खबर गरेका हुन् । बैंककै एक सल्लाहकारले ग्राहकको मृत्यु २००४ मा भइसकेको थाहा पाएर पनि बिना सेवा २०१५ सम्म मासिक शुल्क उठाउँदै आएको पत्ता लगाइएको थियो । रोयल कमिसनका अनुसार सो कार्यमा विशेषगरी वित्तिय सल्लाहकारको संलग्नता बढी पाइएको छ ।

यसअघि पनि वित्तिय नियम विपरित कार्य गरेकामा र ग्राहकहरुलाई अनुचित सुझाव दिएकामा सीबीएले कानूनी कारबाहीको सामना गर्नुपरेको थियो । त्यसैकारण बैंकको लगातार चेतावनी पछि पनि अझै उनीहरुले आफ्नो नियति परिवर्तन नगरेको आरोप लगाइएको छ ।

यस घटनापछि अष्ट्रेलियाका कोषाध्यक्ष स्कट मोरिसनले भने सम्पूर्ण वित्तिय संस्थासँग आबद्ध कर्मचारीमाथि कडा कारबाही लागू गराउने चेतावनी दिएका छन् । बलियो प्रमाण भेटिएमा यस प्रकारका कार्यमा संलग्नमाथि जेल सजाय समेत तोकिने उनले बताए ।