मर्चवारमा बेरोजगारी अन्त्य गर्ने काँग्रेस उम्मेदवारको दावी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मर्चवारमा बेरोजगारी अन्त्य गर्ने काँग्रेस उम्मेदवारको दावी



मर्चवार : नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ४ का काँग्रेस उम्मेदवारहरुले आफुहरुले जिते मर्चवारमा बेरोजगारी अन्त्य गर्ने बताएका छन् ।
प्रतिनीधी सभाका उम्मेदवार प्रमोद यादवले जिल्लामा सवै भन्दा धेरै पढेका युवा मर्चवारमा रहेको र अवसर नपाउदा युवाहरु बेरोजगार भएको भन्दै आफ्नो मुख्य उदेश्य मर्चवारमा बेरोजगारी अन्त्य गर्ने रहेको बताए । त्यसकोलागी मर्चवारमा स्वास्थ्य, शिक्षा तथा आधुनीक कृर्षीको बिकास गरी रोजगारी सिर्जना गरीने उनले बताए ।

चुनावी अभीयानमा घरदैलोमा रहेका यादवले मतदाताहरुसगं मर्चवारमा शिक्षीत युवाहरु बेरोजगार बस्नु नपर्ने प्रतिबद्धता जनाए ।शिक्षाबाट बञ्चीत युवाहरुलाई शिक्षाको पौचमा पुर्याउन प्रावीधीक शिक्षा तथा कृर्षीमा आधारीत शिक्षालाई बढी प्राथमीकतामा राखीने बताए ।

उनले मर्चवारमा अस्पताल नहुदा धेरैको उपचार नपाएर अकालमा ज्यान जाने गरेको भन्दै सुलभ स्वास्थ्य उपचारकालागी मर्चवारमा अस्पताल खोल्ने आफ्नो योजना रहेको बताए । मर्चवारमा बिषेसज्ञ चिकीत्सक सहीतको स्वास्थ्य संस्था नहुदा हाल सामान्य उपचारकालागी पनि भैरहवा आउनु पर्ने बाध्यता छ । यी समस्यालाई समाधान गर्न मर्चवारको समग्र बिकास गर्ने आफुले त्यसक्षेत्रलाई रोजेको उनले बताए । नेपाली काँग्रेस ४ को प्रदेस सभा २ का उम्मेदवार वसुउद्धीन खाँले मर्चवार देसकै खाद्यय भण्डार भएको क्षेत्र भएकाले यो क्षेत्रलाई हरीत सहरको रुपमा बिकास गर्ने बताए ।

उनले मर्चवारमा कृर्षीमा आधारीत उद्योग कलकारखाना खोल्ने र मर्चवारमा कृर्षी अनुसन्धान केन्द्र स्थपना गर्ने आफ्नो योजना रहेको बताए । कृर्षी क्षेत्रमा आधुनीक प्रविधी भित्राउन सके मर्चवारले छिट्टैनै फड्को मार्ने भन्दै उनले त्यसकोलागी सुरुमा मर्चवारको सिचाई प्रणालीलाई ब्यबस्थित गर्ने, कृर्षी अनुसन्धान केन्द्र स्थापना गर्ने र खाद्यय भण्डारनकोलागी सितभण्डार बनाउने प्रतिबद्धता जनाए । किसानले जहीले पनि खेती लगाउने बेला मलको अभाव झेल्नु परेको भन्दै उनले मल तथा बिउबिजनको सहज उपलब्ध गराई कृर्षीकालागी कृर्षकलाई सहयोग पर्याउने बताए ।

पुर्वाधार बिकासकोलागी मर्चवारको मुख्य सडकलाई फोरलेनको बनाई सवै तिरबाट सडक सञ्जालमा जोड्न बेनीनगर, दुईमुहान, सिपुहवामा पुल निमार्ण गर्ने समेत उनले बताए