मन्त्रीका लागि माओवादीले बनायो छुट्टै कानुन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मन्त्रीका लागि माओवादीले बनायो छुट्टै कानुन



काठमाडौं -नेकपा माओवादीले आफ्नो पार्टीका तर्फबाट बनेका मन्त्रीका लागि आचारसंहिता जारी गरेको छ ।

एमालेसँग पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बेला माओवादीको यस्तो  आचारसंहिता जारी भएको हो ।

सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोकमा बसेको बैठकले आचारसंहिता बनाएको एक मन्त्रीले बताए ।

उनका अनुसार पार्टीसंगको सिधा सम्पर्कमा रहेर कार्यसम्पादन गर्ने, मन्त्रीहरुले गंभिर प्रकृतिका निर्णय गर्नुपूर्व पार्टीमा छलफल गर्ने, मन्त्रीपरिषदको बैठक बस्नु पूर्व र बसिसकेपछि पार्टीका मन्त्रीहरुबीच छलफल गर्ने लगायतका छन् ।

यसै गरी राजनीतिक नियुक्ती गर्दा पार्टीसंग समन्वय गरेर मात्रै गर्ने, सरकारमा गएका मन्त्रीहरुको कामको समिक्षा गरेर हरेक १५ दिनमा पार्टी अध्यक्षसँग समिक्षात्मक बैठक बस्ने र प्रत्येक मन्त्रीले महिनाको १५ हजारका दरले पार्टीलाई लेवी बुझाउने आचारसंहितामा छ ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ट लगायतका नेतासहित माअ‍ोवादीबाट सरकारमा सहभागी मन्त्री थिए ।

विगतमा पनि माओवादीले आफ्ना मन्त्रीका लागि आचारसंहिता बनाउने गरेको थियो । तर, कार्यन्वयन भने हुन सकेका थिएनन् ।