माओवादी केन्द्रले स्थानीय चुनावमा हार्नुका मुख्य पाच कारण  - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

माओवादी केन्द्रले स्थानीय चुनावमा हार्नुका मुख्य पाच कारण 



१ ) माओवादी केन्द्रमा सामुहिक  निर्णय ब्याक्तिगत जिम्बेवारी नहुनु पहिलो समस्या हो ।

२)माओवादी केन्द्र पार्टी सङ्गठनमा चूस्त दूरूस्त ,व्यवस्थित अनुशासन कमिटी प्रणाली नहुनु , सामूहिक निर्णय भन्दापनी ब्याक्तिगत निर्णय थोपीनु दोस्रो समस्या हो ।

३) माओवादी केन्द्रमा जनयुद्ध लड़ेकाहरुको दम्भ घमण्ड उही यूद्धकालीन मानसिकता त्याग्न नसक्नू युद्ध लडेका र नलडेकाको बिचमा अझैपनी ठुलो खाइरही रहनु एकताबाट आएका कमरेडलाई सम्मान नगर्नु तेस्रो समस्या हो ।

४) चुनाव जीतने कुनै ब्याक्तिका कारणले हैन,पार्टी सङ्गठनको मुख्य आन्तरिक कारण हो । स्थानीय चुनाव पनि एक युद्ध हो। तेहा पनि एक मजबुत टिम चाहिन्छ! एक दस्ताको जस्तो कडा अनुशासन चाहिन्छ । जबरजस्त स्थानीय चुनावमा पार्टी, आफ्नो महान् उद्देश्य प्रतिको जोस जागर उत्साह नहुनु चौथो समस्या हो ।

५) स्थानीय चुनाव हुनु पूर्व कुनै तयारी नहुनु पार्टी सङ्गठनमा उम्मीदवारहरूमा खाली ओभर कन्फिडेन्स हुनु ।म जीतिसके भन्ने खालको गलत चिन्तनले हाबी हुनु ,काम गर्ने भन्दा धेरै घमण्ड गर्ने , जसरी पनि चुनाव जित्नूपर्छ । भन्ने विषयमा सङ्गठन प्रति कुनै चासो नहुनु , स्थानीय चुनावमा जित्नका लागी लामो समय देखी पार्टी सङ्गठनमा योगदान, बलिदान दिएका पार्टीका इमानदार तरिकाले काम गरेका कमरेडहरुलाई जबरजस्त ढङ्गले अवहेलित गरिनु यस्तै मुख्य कारणहरू छन् ।

यी मेरो नितान्त ब्याक्तिगत बिचार हुन्  ।

किसान बोहरा
केन्द्रीय सचिवालय सदस्य
अखिल भारत नेपाली एकता मञ्च
माओवादी केन्द्र निकट सङ्गठन
नयाँ दिल्ली भारत