माअ‍ोवादी केन्द्रकी सांसद बिना मगर मन्त्री बन्ने पक्का - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माअ‍ोवादी केन्द्रकी सांसद बिना मगर मन्त्री बन्ने पक्का



काठमाडौं – नेकपा माअ‍ोवादी केन्द्रकी सांसद बिना मगर मन्त्री बन्ने भएकी छन् ।

प्रदेश नम्बर ७ बाट नेकपा माओवादी केन्द्रकी एक्ली महिला सांसद मगर मन्त्री बन्ने भएकी हुन् । नेकपा माओवादी केन्द्रका सात नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्टले बिहीबार खुमलटार पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष बीनाको नाम केपी ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट वाम विजयी भएकी मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि हुन् । माओवादीको भागमा परेका सात मन्त्रालयमध्ये प्रदेश ७ बाट भट्ट नै मन्त्री बन्ने चर्चा चलिरहेको थियो । तर उनले बीनाको नाम प्रदेश ७ बाट मन्त्रीका लागि पार्टी अध्यक्षकहाँ सिफारिस गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट उठेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित भएपछि बीनामात्रै प्रदेश ७ बाट प्रतिनिधि सभामा विजयी भएकी एक मात्र महिला सांसद हुन् ।

मगरले दशवर्षे जनयुद्धका क्रममा २७ महिने हिरासत जीवन बिताएकी थिइन् ।