माओवादी केन्द्रको हैसियत ४० प्रतिशत पनि होइन्, एमालेले छाती ठूलो पारेर दियो- एमाले नेता पोखरेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माओवादी केन्द्रको हैसियत ४० प्रतिशत पनि होइन्, एमालेले छाती ठूलो पारेर दियो- एमाले नेता पोखरेल



दाङ । नेकपा माओवादी केन्द्र एकता प्रक्रियामा आएपछि एमाले नेताहरुले फेरि घमण्ड देखाउन थालेका छन् । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले गृहजिल्ला दाङ पुगेर माओवादी केन्द्रको हैसियत ४० प्रतिशत नभएको टिप्पणी गर्दै एमालेले छाति चौडा पारेर दिएको भन्दै माओवादीको अपमान गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि ६ बुँदे सहमतिअनुसार दुबै पार्टीका नेताहरुले सार्वजनिक रुपमा एकअर्काविरुद्ध अभिव्यक्ति नदिने उल्लेख भएपनि एमाले नेताहरुले आफ्नो अहंकार देखाउँदै घोचपेच थालेका हुन् ।

नेता पोखरेलले माओवादी केन्द्रसँग अर्को विकल्प नभएकाले एमालेमा मिसिन आएको दाबी गर्दै एमाले ठिक रहेको तर माओवादी केन्द्र विलय भएको प्रतिक्रिया दिए ।

बुधवार दाङको घोराहीमा छलफल चौतारीले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै पोखरेलले माओवादी केन्द्र आफ्नो सैद्धान्तिक तथा वैचारीक र व्यवहारीक मोर्चामा असफल भएपछि एकता प्रक्रियामा सहमत भएको बताए ।

कार्यक्रममा नेता पोखरेलले जनताको बहुदलिय जनवादको धरातलमा नै माओवादी आन्दोलनको रुपान्तरण भएको भनाई राखे । उनले माओवादी केन्द्रको हैसियत ४० प्रतिशत नभएको तर एमालेले छाती ठूलो पारेर दिएको दाबी गरे ।