माओवादी केन्द्रका बस्नेतको चुनावी यात्रामा एमालेका शाह तगारो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

माओवादी केन्द्रका बस्नेतको चुनावी यात्रामा एमालेका शाह तगारो



काठमाडौं, कात्तिक ७ ।

माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् ।

जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आईतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने ।

गठबन्धनकै प्रभावशाली नेताबाट बागी उम्मेदवारी पर्ला भन्ने त उहाँ (बस्नेत) ले सोचेका थिएनन्, माओवादी केन्द्रका एक जिल्लास्तरीइ नेता भन्छन् – तर उहाँले आफ्नै जिल्लामा असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आयो ।

वाम गठबन्धनले आकांक्षी असन्तुष्टि समयमै व्यवस्थापन गर्न नसक्दा र स्थानीय तहको भावनविपरित केन्द्रमा टिकट भागबन्डा हुँदा ६ नम्बर प्रदेशमा गठबन्धनका उम्मेदवराविरुद्ध गुप्रै ठाउँमा बागी उठेका छन् ।, यो खबर आजकोनागरिकमा छ ।