दुई पार्टीको एकता होईन , माओवादी एमालेमा विलय भएको हो : मोहन वैद्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दुई पार्टीको एकता होईन , माओवादी एमालेमा विलय भएको हो : मोहन वैद्य



ओखलढुंगा, – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नवगठित नेपाल कम्युनिष्ट पार्टी एकताबाट बनेको नभइ माओवादीको एमालेमा विलय भएको टिप्पणी गर्नुभएको छ ।

वैद्यले नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दुइ पार्टीको एकता नभएर दक्षिणपन्थी अवसरवादी धारको मिलन भएको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँ प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओखलढुंगा आउनुभएको हो । नेपालमा संशोधानवादी, अवसरवादी धारको एकिकरण भएकाले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्दै जनवादी क्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको वैद्यले प्रष्ट पार्नुभयो ।

नयाँ जनवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने उहाँले बताउनुभयो । यसका लागि विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माओावदीले जनाएको छ ।

संगठन सुदृढिकरण र जनपरिचालन अभियान अन्र्तगत प्रदेशस्तरीय प्रशिक्षणका लागि महासचिव वैद्य, नेता सिपी गजुरेलसहित एक दर्जन पोलिटब्यूरो र केन्द्रीय सदस्यहरु ओखलढुंगा आएका छन् । प्रशिक्षण शनिबारसम्म चल्ने जिल्ला सेक्रेटरी पर्वतले बताउनुभयो ।

विगतको झापा आन्दोलनदेखि दश वर्षे जनयुद्ध परिस्थितिले जन्माएको परिघटना भए पनि ती सबै इतिहासलाई भुलेर अवसरवादीहरु सत्तामा गएको वैद्यको आरोप छ । आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता एकातिर जेलमा भइरहँदा अर्कातिर तिनै पार्टीको नेता सरकारमा रहनु विचित्र भएको महासचिव वैद्यको भनाइ छ । वैद्यले बालकृष्ण ढुंगेलको उदाहरण दिँदै अवसरवाद प्रस्ट भएको टिप्पणी गर्नुभयो ।

माओवादीमा रहँदा बाबुराम, प्रचण्ड र आफूले राष्ट्रघाती सम्झौताको रुपमा लिएको माथिल्लो कर्णाली भारतसँग सम्झौता गर्नु लज्जास्पद भएको उहाँको भनाइ छ । उहाँले ओलीको राष्ट्रवाद मोदीसँग एउटै भेषमा जनकपुरमा ओर्लेको देख्दै छर्लंग भएको भन्दै व्यंग्य गर्नुभयो ।उज्यालो अनालाईनको सहयोगमा