२०७५ असार १०, आइतवार

मन्त्रालयहरुमा बनेको नीति नियम र कानुनहरुलाई कार्यान्वयनमा लैजानुपर्छ :मन्त्री खनाल

March 31, 2018
90 Views
Spread the love
  • 4
    Shares

भैरहवा । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले मन्त्रालयहरुमा बनेको नीति नियम र कानुनहरुलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

रूपन्देही उद्योग व्यापार संगठनले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सरकारको ध्यान कानुन र नीति निर्माणमा भन्दा कार्यान्वयनमा हुने बताएका हुन् ।

आफूले सम्हालेको मन्त्रालयमा पनि धेरै राम्रो कानुन र नीति नियम बनेको बताउँदै उनले बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदभार ग्रहण गरेपछि दिएको अभिव्यक्तिलाई स्मरण गर्दै भने, ‘बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदभार ग्रहण गरेपछि मलाई कुनै पनि नयाँ कानुनको जरुरत छैन भनेका थिए, कारण के रहेछ भने उनी सत्तामा आएपछि केही गरेनन्, भएका कानुनहरु राम्रोसँग अध्ययन गरे र काम गर्नेहरुको सुची बनाएर कार्यान्वयनमा लगे, र अहिले बिहारमा शान्ति सुरक्षा लगायतका राम्रो कामहरु पनि भएको देखिन्छ ।, त्यसैले अब हाम्रो मन्त्रालयमा पनि कानुनको कुनै अभाव छैन, ती बनेका कानुनहरुको कार्यान्वयनमा अभाव छ, अब ती कानुनहरुको कार्यान्वयन गर्नुको विकल्प छैन ।’

निर्वाचनका क्रममा जनतालाई दिएको आर्थिक समृद्धि र विकासको नारालाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजाने गरी हालसम्म कार्ययोजना नबनेको बताएका उनले सरकारको सय दिने समीक्षासहित दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य समेत रहेका उनले पार्टी एकताको काम चैत महिनाभित्र टुंगिने समेत दावी गरे । ‘पार्टी एकताको नीतिगत कामहरु सकिसकेको छ, अब संगठनात्मक कामहरु मात्रै बाँकी छ । यो महिनाभित्र एकताको सबै काम सकिन्छ’ उनले भने ।

Facebook Comments
  • 4
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…