विश्वका १८ कमेडियनमा मनोज गजुरेल - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

विश्वका १८ कमेडियनमा मनोज गजुरेल



श्रीमतिसँग सम्बन्धविच्छेदका कारण हास्य कलाकार मनोज गजुरेल केही सयम चर्चाको आग्रभागमा देखिए ।
गजुरेल अन्तरराष्ट्रिय कमेडियन सुचीमा परेको उपलब्धि पनि चर्चित रह्यो ।

सीबीएस नयुजले गजुरेललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचजर गर्ने विश्वका प्रभावशाली १८ कमेडियनमा सुचीकृत गरको छ, यसै सन्दर्भमा गजुरेललाई आज प्रकाशित नेपालराष्ट्रिय साप्ताहिकले सोधेका केहि प्रश्नहरु निम्न छन् :

ट्रम्पको क्यारिकेचर गर्ने सोच कसरी पलाएको थियो ? 
दुई बर्षपहिले अमेरिका जाँदा साथीहरुले यो मान्छे अव कि त राष्ट्रपति बन्छ, नबने पनि सधैँ चर्चामा रहिरहन्छ, यसैले उसको क्यारिकेचर गर्ने तयारी गर्दा हुन्छ भनेर सुझाव दिए ।
नभन्दै उनी राष्ट्रपति चुनिएपछि चर्चामा रहे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचन गरेर विश्वभर चर्चा कमाएको थिए ।
नाकाबन्दीका कारण नेपालीले दुःख पाएको सन्देश विश्वभर फैलियो ।
भुमण्डीलीकरणको युगमा ट्रम्पको क्यारिकेचर गर्न सोच्नै परेन ।

ट्रम्प र मोदीको क्यारिकेचर गर्दा के फरक अनुभव भयो ? 
पर्फमेन्स गरिसकेपछि त त्यस्तो फरक लागेन । तयारीका क्रममा भने भिन्नता रह्यो ।
मोदीभन्दा ट्रम्प बन्न बढी मिहिनेत गर्नुपर्यो ।

हास्य क्षेत्रमा सफल हुनुभयो तर बैवाहिक जीवनमा त दुर्घटना पर्यो नि किन ? 

गम्भीर रुपमा लिँदालिँदै जीवनका कतिपय कुराहरु हाम्रो नियन्त्रणबाहिर हुन सक्छन् । ईश्वरको यो कृपालाई स्वीकार्नुको विकल्प छैन ।