मन्दिर निर्माणमा जुट्दै युवा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मन्दिर निर्माणमा जुट्दै युवा



बाबुराम थापा ( मलेसिया )

गुल्मी पिपलधाराबाट हाल देश तथा बिदेशमा छरिएर रहेका युवाहरु सांस्कृतिक सम्पदा संरक्षणमा एकजुट भएका छन।जीर्ण अवस्थामा रहेको सांस्कृति एवं परम्पराको धरोहर श्री खड्क छत्रकोट मन्दिर निर्माणमा युवाहरु लागिपरेका छन । पिपलधाराको मुख्य स्थानमा रहेता पनि स्थानिय राजनैतिक किचलोका कारण ओझेलमा परेको धार्मिक स्थल पुनर्निर्माण समिति गठनगरि  युवहरुले अभियान चलाएका हुन । वि. स. २०४६ सालमा चौबिसे राज्य अन्तर्गत धुर्कोटकोटको शाखाको रूपमा स्थापना भई मिति २०७१ जेठ १२ गते नेपाल सरकार अन्तर्गत जिल्ला प्रशासन गुल्मीमा दर्ता समेत भएको छ ।

गाउँको पुरानो धार्मिक सम्पदा जीर्ण अवस्थामा पुगेता पनि सरकारी एवं स्थानिय राजनीतिक दलको उपेक्षामा परेपछी विक्रम खड्काको संयोजकत्वमा २५ सदस्यीय समिति बनाएर अभियान संचालन गरेका छन । समिति सचिव(मा श्री शैलेश कुमार कार्क़ी त्यस्तै सदस्यहरुमा कृष्ण खनाल (जापान) ,निरन्जन खड्का (दुबई) ,राजेन्द्र खड़का (मलेसिया) ,शैलेंद्र थापा ( काठमाडौ ) ,कमल जिसी (दुबई) ,बाबुराम थापा (मलेसिया)  ,कमल जिसी (काठमाडौ) ,कुलेंद्र जिसी (काठमाडौ) ,अर्जुन ज्ञवाली (बुटवल) ,प्रविन केसी (जापान)  , उमेश खड़का (भारत) ,हिमाल जिसी (जापान) ,रीता खड़्का (बुटवल) ,राधा खड़्का (काठमाडौ) ,पुस्कर खड़का (कपिलवस्तु) , सूर्य खड़का (गुल्मी) ,बाबूराम खड़का (गुल्मी) ,बद्री थापा ,युवराज खड़का ,लक्ष्मण खड़का,शालिकराम बिश्वकर्मा (कतार) , शुभास महत (जापान) ,रमेश खड्का (भारत) रहनु भएकोछ । उक्त श्री खड्का छत्रकोट निर्माणमा अनुमानित :- १५ लाख लागत लाग्ने संयोजक विक्रम खड्काले बताउनु भयो । यो पवित्र अभियानमा उत्साहजनक सहयोग उपलब्ध भइरहेको र हाल ८ लाख सहायोंग राशीको प्रतिबद्धता भएमा ३ लाख ५० हजार आर्थिक सहयोग रकम मन्दिर निर्माण समितिमा आइसकेको समिति सचिव शैलेश कार्कीले जानकारी गराउनु भयो ।

सहयोग संकलन  सामाजिक संन्जाल समेत प्रयोग गरि आर्थिक संकलनलाई पारदर्शी सवै माँझ पुर्याउने समितिले जनाएको छ ।  सहयोग सिमा  केहिदिन भित्र रहने  तथा शिलान्यास गर्ने जानकारी दिदै सहयोगको लागी अनुरोध समेत गर्नु भएको छ । मन्दिर पुनर्निर्माण कार्य छिटो संचालन गरिने संयोजक बिक्रम खड्काले जानकारी दिनुभयो । साथै आर्थिक सहयोग रू. एकाउन्न सयभन्दा माथि गर्नेलाई सम्मान तथा  ताम्ररपत्रमा आजीवन रहने गरि नाम समेत लेखिनेसम्मको निर्णय भएको सचिव शैलेश कार्कीले जानकारी दिनुभयो।