मान्छेको रगत पिउने महिला - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मान्छेको रगत पिउने महिला



अष्ट्रेलियाको क्वीन्सल्याण्डमा बस्ने ३८ वषिर्या जर्जिया कान्डनको डरलाग्दो आदत छ, मान्छेको रगत पिउने । उनले पछिल्लो समय आफ्नै व्वाइफ्रेण्डको रगत पिउँदै आएकी छिन् ।

जर्जियाका अनुसार उनलाई ट्वीलाइट, भेम्पायर डायरी जस्ता भुतको फिल्म हेरेपछि मान्छेको रगत पिउने चस्का पसको हो । उनी १७ वर्षकी हुँदा मानिसको रगतको स्वाद पहिलोपटक चाखेकी थिइन् । त्यसयता उनलाई नशा नै बस्यो ।

सुरुमा उनले एउटी केटीसाथी भेटिन् जसले धेरै दिनसम्म उनलाई आफ्नो रगत खुवाइन् । त्यसपछि उनको भेट जमायलसँग भयो । उनीहरुबीच प्रेम बस्यो । एक दिन जर्जियाले प्रेमीलाई आफ्नो डरलाग्दो आदतको विषयमा सुनाइन् । यति मात्रै होइन, उनले प्रेमीसँग उनको रगत पिउने प्रस्ताव नै गरिन् । अचम्मको कुरा के छ भने प्रेमिकाको प्रस्ताव सुनेर जमायल क्रोधित भएनन् । बरु प्रस्ताव स्वीकार गरे र जर्जियालाई नियमित आफ्नो रगत पिलाउन तयार भए ।

त्यसयता जर्जियाले लगातार आफ्ना प्रेमीको रगत पिउँदै आएकी छिन् । हरेक हप्ताको शुक्रबार जमायलले आफ्नी प्रेमिकालाई रगत पिलाउँछन् । प्रेमीको रगत पिएर तृप्त हुन्छिन् जर्जिया ।

मान्छेको रगत पिउँदा जर्जियामा एनिमिया र थैलिसिमिया जस्ता थुप्रै बिमारीले डरा जमाएका छन् । तर पनि उनी आफ्नो आदत त्याग्न तयार छैनन् । धेरै दिनसम्म रगत पिउन नपाउँदा उनी त्यसै त्यसै छट्पटाउँछिन् । रगतको स्वाद आफूलाई औधि मिठो लाग्ने उनी बताउछिन् ।