मानव बेचबिखन तथा लागु पदार्थ सम्बन्धि अभिमुखिकरण सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मानव बेचबिखन तथा लागु पदार्थ सम्बन्धि अभिमुखिकरण सम्पन्न



लक्ष्मी भट्टराई /पहलमानपुर ,कैलाली ।
मानव बेचबिखन तथा लागु पदार्थ दुर्ब्यसनी सम्बन्धी विद्यालय स्तरिय अभिमुखिकरण कार्यक्रम आईतबार कैलालीको घोडाघोडी नगरपालीका -११ आम्बासामा रहेको पहलमान सिंह मेमोरियल माध्यामिक विद्यालयमा सम्पन्न भएको छ ।

पछिल्लो समय समाजमा जल्दो बल्दो समस्याका रूपमा रहेका बिषयबस्तुलाई किशोरा अबस्थाका बालबालीकामा सचेतना जगाउन सकेमा समाज रूपान्तरणमा सहयोग पुग्ने उदेश्यले विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको घोडाघोडि नगर स्तरिय युबा संजाल संयोजक शंकर डगौराले बताए ।

घोडाघोडी नगरपालीकाका बिभिन्न विद्यालयहरूमा युवा संजालको आयोजनामा विद्यालय स्तरिय सचेतनामुलक कार्यक्रम गर्न लागेको डगौराले जानकारी दिए । घोडाघोडी नगर स्तरिय युवा संजालले नगरपालीकामा देखिएका समस्याहरू बाल बिबाह , लागुपदार्थ ,दुर्ब्यसनी
, सामाजिक कु-प्रथा,मानब बेचबिखन, आप्रबासन संम्बन्धी चुनौती, मिटर व्याजको प्रलोभनले ल्याउने समस्या बारेमा सचेतना मुलक सन्देश प्रबाह गर्ने लक्ष्य रहेको संयोजक डगौराले बताए । सोही अनुरूप आईतबार पहलमान सिंह मेमोरियल माध्यामिक बिध्यालयमा माध्यामिक तहमा अध्ययनरत ५२ जना भन्दा बढी विद्यार्थी सम्मेलित सो अभिमुखिकरण कार्यक्रम संम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण घोडाघोडी नगर स्तरिय युबा संजालका पदाधीकारी लक्ष्मी मिश्र र शंकर डगौराले गरेका थिए ।