मालारानीमा बाम गठबन्धनको बैठक सम्पन्न - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मालारानीमा बाम गठबन्धनको बैठक सम्पन्न



कमल विष्ट,कार्तिक २२, अर्घाखाँची ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले मालारानी गाउँपालिका वडा नं. ६, ७ र ८ को संयुक्त बैठक हंसपुर रतनमारेमा सम्पन्न भएको छ ।

निर्वाचन परिचालन कमिटी मालारानी गाउँपालिकाका संयोजक शालिकराम आचार्यको प्रमुख आतिथ्यता, माओवादी केन्द्र मालारानी ६ का अध्यक्ष उदय थापाको अध्यक्षता, एमाले मालारानी गाउँपालिका सङ्गठन कमिटीका सदस्य विष्णु मिश्रको विषय प्रवेश, नेकपा एमाले अर्घाखाँचीका सचिवालय सदस्य पिताम्बर भुसाल, निर्वाचन परिचालन कमिटी सहसंयोजक तथा माओवादी केन्द्रका नेता मान बहादुर पाण्डे, युवा परिचालन कमिटी मालारानीका संयोजक विक्रम खनाल, प्रचार प्रसार समिति मालारानीका संयोजक देव बहादुर खड्का, वडाध्यक्षहरु खडक भुसाल, नरेन्द्र बस्नेत, नारायण अर्याल लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रमका वक्ताहरुले बोल्दै बाम गठबन्धन कसैको विरुद्धमा नभई देश र जनताको पक्षमा रहेकोले सम्वृद्ध नेपाल निर्माणका लागि बाम गठबन्धनका उमेदवार हरुलाइ दुईतिहाई बहुमत सहित जनताले विजयी बनाउनु पर्ने भनाई राखेका थिए ।

उक्त कार्यक्रमले निर्वाचन प्रवद्धनका लागि विभिन्न समितिहरू गठन गरेको छ । जसमा मालारानी गाउँपालिका वडा नं. ६ का लागि उदय थापा संयोजक र कुल प्रसाद पराजुली सहसंयोजक रहेको निर्वाचन परिचालन समिति, रिषिराम थापा संयोजक र लोकनाथ अधिकारी सहसंयोजक रहेको आर्थिक समिति, दुर्गा राउत संयोजक र प्रेम बि.क. सहसंयोजक रहेको युवा परिचालन समिति, नारायण अर्याल संयोजक र निम बहादुर बिक सहसंयोजक रहेको प्रचारप्रसार समिति, वडा नं. ७ का लागि विष्णु मिश्र संयोजक र मणिराम पराजुली सहसंयोजक रहेको निर्वाचन परिचालन कमिटी, हरि मरासिनी संयोजक र युवराज भुसाल सहसंयोजक रहेको आर्थिक व्यवस्थापन समिति, मान बहादुर नेपाली संयोजक र निरज भुसाल सहसंयोजक रहेको युवा परिचालन समिति, क्याप्टेन इन्द्र बहादुर खड्का संयोजक र जीव बहादुर बि.क. सहसंयोजक रहेको प्रचारप्रसार कमिटी, वडा नं. ८ का लागि दिनामणि पन्थी संयोजक र मान बहादुर विष्ट सहसंयोजक रहेको निर्वाचन परिचालन कमिटी, निर बहादुर थापा संयोजक र बालकृष्ण अधिकारी सहसंयोजक रहेको आर्थिक व्यवस्थापन कमिटी, खिम बहादुर केसी संयोजक र रामु भुसाल सहसंयोजक रहेको युवा परिचालन कमिटी, दीपक जिसि संयोजक र सुमित्रा परियार सहसंयोजक रहेको प्रचारप्रसार कमिटी गठन गरेको छ ।

यस्तै मालारानी गाउँपालिका वडा नं. ९ को गोखुङ्गामा सम्पन्न कार्यक्रमले विष्णु प्रसाद पौडेल संयोजक र महेन्द्रबावु खनाल सहसंयोजक रहेको १५ सदस्सीय निर्वाचन परिचालन कमिटी, हुम बहादुर पुन संयोजक र विरेन्द्र खनाल सहसंयोजक रहेको युवा परिचालन कमिटी, चन्द्रमणि खनाल संयोजक र गिरिराज पौडेल सहसंयोजक रहेको आर्थिक परिचालन कमिटी, योगेन्द्र खनाल संयोजक र तारा पन्थी सहसंयोजक रहेको प्रचारप्रसार कमिटी, ईश्वर बहादुर खनाल संयोजक र प्रेम बहादुर घर्ती मगर सहसंयोजक रहेको अनुगमन समितिको निर्माण गरेको छ  ।