मकाउमा ५०७७ औँ यलेदोंग उधौली साकेला पर्व भव्यताका साथ सम्पन्न। - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मकाउमा ५०७७ औँ यलेदोंग उधौली साकेला पर्व भव्यताका साथ सम्पन्न।



कर्ण अधिकारी मकाउ,चीन।

चीनको स्वशाशित क्षेत्र मकाउमा नेपालको मौलिक धर्म, रीति रीवाज र संस्कृतिलाई संरक्षण गर्नु पर्दछ भन्दै मकाउमा रहेको राईहरूको जातीय संस्था किराँत राई यायोख्या मकाउले ताईपा हाक्सा बिच स्थित समुन्द्री तटमा १७/१२/२०१७ आइतबारको दिन सयौको सङ्ख्यामा मकाउमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूको उपस्थितिमा विविध कार्यक्रमका साथ ५०७७ औँ यलेदोंग उधौली साकेला पर्व भव्यताका साथ सम्पन्न भएको  छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारी,विशेष अतिथि याक्थुम चुम्लुङ मकाउका अध्यक्ष अमारीका लिम्बु,अतिथि गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका उपाध्यक्ष मङ्गल राई,अतिथि मकाउ तामाङ घेदुङका उपाध्यक्ष सुरेन्द्र तामाङ,अतिथि शेर्पा समाज मकाउका प्रतिनिधि लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूले नेपाल र नेपालीको रीति रीवाज धर्म संस्कृतिका बारेमा खुलेरै चर्चा परिचर्चा गरेका थिए।यसरी हामी विदेशी भूमिको जुन सुकै कुनामा र जस्तो सुकै अवस्थामा रहे पनि हामीले हाम्रो संस्कार र संस्कृतिका पर्वहरूलाई निरन्तरता दिन सकेको खण्डमा भावी पुस्ताहरूलाई पनि सहज हुने थियो भन्नु हुन्छ किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राई।

यसरी विदेशी भूमिमा बेला बेलामा हुने कार्यक्रमहरूले नेपाली नेपाली बिचको भाईचाराको सम्बन्ध प्रगाढ हुने,हामीले हाम्रो संस्कृतिको पनि जगेर्ना गर्न सकिने र मकाउमा रहेका सङ्घ संस्थाका प्रतिनिधिहरूको पनि भेटघाटको वातावरण सृजित भएको छ।उक्त कार्यक्रमको सभापतित्व किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राईले गर्नु भएको थियो भने स्वागत मन्तव्य यायोख्याकै उपाध्यक्ष रत्नमणी राईले गरेका थिए।त्यसरी नै कार्यक्रमको सञ्चालन यायोख्या मकाउका सक्रिय सदस्य कृष्ण याम्फूले गरेका थिए।