मकाउमा अन्तरक्रिया कार्यक्रम सम्पन्न। - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मकाउमा अन्तरक्रिया कार्यक्रम सम्पन्न।



कर्ण अधिकारी मकाउ,चीन।

नेपाली जनसम्पर्क समिति मकाउले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सुमधुर माहौलमा मकाउ स्थित बिजीकरी रेस्टुरेन्टमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता,महासमिति सदस्य एवं तरुण दल पूर्व केन्द्रीय सदस्य दिनेश राईको प्रमुख आतिथ्यमा अतिथिहरू गैर आवासीय नेपाली सङ्घ अन्त राष्ट्रिय समन्वय परिषद् आर्थिक स्थायीत्व समिति एसिया प्यासेफिकका सह अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,मकाउ चेम्बर अफ कमर्सका अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका पूर्व सभापति सुदर्शन थापा मगर,पश्चेमेली समाजका अध्यक्ष एवं जन प्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष पदम सिंह पन्त,किराँत यायोख्या हंगकंगका महासचिव एवं काँग्रेसका युवा नेता बज्र थुलुङ राई,नेपाली जनसम्पर्क समिति मकाउका उपसभापति चण्डी योङ्या,गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका सचिव रामचन्द्र घिमिरे,किराँत राई यायोख्या मकाउका उपाध्यक्ष राकेश राई,बद्रर हुड एसोसिएसन अफ मकाउ,नेपालका उपाध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका सल्लाहकार हेम तामाङ हुनु हुन्थ्यो।

कार्यक्रममा प्राय सबै अतिथिहरूले काँग्रेसलाई कसरी मजबुत बनाएर अगाडी लैजान सकिन्छ र जनसम्पर्क समितिले कस्तो रणनीति अपनाउनु पर्छ भन्ने विषयमा चर्चा परीचर्चा गर्नु भयो।अतिथि अम्बिर जोशीले नेपाली काँग्रेसलाई समृद्धिको बाटो मा लान युवा पलायन रोक्ने,समृद्धिको बाटोमा लैजान नेपाली काँग्रेसले स्पष्ट खाका ल्याउनु पर्ने,पाटीलाई र कार्यकर्तालाई हार हैन जितको मानसिकता दिन पाटी नेतृत्व ले सक्नु पर्ने कुरा व्यक्त गर्नु भयो त्यसै गरी नेपाली काँग्रेसको वर्तमान अवस्था र भावी रणनीतिको बारेमा सन्देश लिएर विदेशी भूमिमा कार्यरत रहेका काँग्रेसीहरूलाई सन्देश दिँदै हिँडेका प्रमुख अतिथि युवा नेता दिनेश राईले मन्तव्यको क्रममा जनसम्पर्क समितिले खेलेको भूमिका,काँग्रेसको वर्तमान अवस्था,चुनाव हार्नुको कारण,गुटबन्दीका असरहरू,भावी रणनीति कस्तो लिनु पर्छ भन्ने विषयमा खुलेरै चर्चा गर्नुको साथै जनसम्पर्क समितिको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरू मध्यबाट केन्द्रीय सदस्य बन्नका लागि काँग्रेसले बाटो खुल्ला गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो।कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरुङले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महामन्त्री कर्ण बहादुर अधिकारीले गरेका थिए।