मजदुरका सङ्घ संस्थाहरूलाई मजदुरहरूको हक,हित र अधिकारको लागी उपयोगी बनाऔँ। - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मजदुरका सङ्घ संस्थाहरूलाई मजदुरहरूको हक,हित र अधिकारको लागी उपयोगी बनाऔँ।



पुष्प थापा—सधैँ भरी १ मेलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा स्मरण गर्दै कामदारहरूले आफसमा शुभकामना आदान प्रदान गर्दै खुसीयाली मनाउछन। मजदुर दिवसको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू हार्दिक शुभकामना ।

अंतर्राष्ट्रीय मज़दूर दिवस मनाउने 1 मई 1886 वाट सुरुवात भएको हो। मजदुर दिवसलाई स्मरण गर्दै इतिहास हेर्दा संयुक्त राज्य अमेरिकाबाट अमरीका की मज़दूरहरुको कामको समय 8 घण्टा मात्र हुने समय अवधि निर्धारण गरी दिए पछि विश्वका अरू मुलुकहरूमा पनि ८ घण्टा कामको समयलाई मापदण्ड निर्धारण गरेको देखिन्छ। त्येसैलाई आधार मानेर संयुक्त राष्ट्रसंघले ८ घण्टा काम ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम गर्ने गरी मजदुरहरूको समयको कार्यतालिका साथमा १ मेलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाउँदै आएको छ।

कामदारहरूको हक आधिकारहरुलाई सुनिश्चित गर्न स्थापित स्थापना भएको दिन या मजदुर दिवसलाई स्मरण गरिने गरिन्छ। तर नेपालमा सरकारी कामदारलाई कर्मचारी र फेक्ट्रीमा काम गर्ने कामदार भन्ने चलन र सेवा सुविधामा पनि भएको विभेदकारी परम्पराको विकास भएकोले श्रमिक र श्रमको ईज्सयत मानसम्मान पाउन सकेको छैन ।

श्रम र श्रमिकहरूको हक,हित र अधिकारहरू भन्दा पनि राजनीतिक प्रभावमा खोलिने सङ्घ संस्थाहरूले देश विकास को लागी मेरुदण्ड बन्न सक्दैन। राजनीतिक भनसुन र सिण्डिकेटको भागबण्डाले गर्दा श्रम र श्रीमिकका आवाजहरू नीतिनियम निर्माण गर्ने स्थान सम्म पुग्न सकेका छैनन्।श्रमिकका आवाजहरूलाई बिलन्द गर्न मजदुर सङ्घ संस्थाहरू धमिलो राजनीतिक आवरणबाट टाढा रहनु पर्दछ।तब मात्र एउटै स्वरको आवाजले निर्णायक बिन्दु लिन सक्दछ।

राजनीतिक प्रलोप र सत्ता प्राप्तिको लागि प्रयोग भएका मजदुर सङ्घ संस्थाका नेताहरूले कामदारहरूको हक अधिकारलाई निरुत्सायिक गर्दै विभेदकारी नीति र कानुनको विरुद्ध कुनै आवाज उठाउन सकेका छैनन्। मजदुरहरूका हक हित र अधिकारका लागी खोलिएका सङ्घ संस्थाहरू राजनीतिक प्रभावमा परेर मजदुरका मागहरूलाई व्यक्तिगत स्वार्थमा गासेर बिक्रिगर्ने गर्दै मजदुरको हक अधिकार कुण्ठित भएको छ

मुलुकको आर्थिक अवस्था कम्जोर बनाई उत्पादन र सेवा क्षेत्रमा आमनागरिकमा आतङ्क बनाउने काममा मजदुर सङ्घ संस्थाको प्रयोगले व्यापार घाटाले मुलुकको वार्षिक बजेट भन्दा माथि पुगी सक्यो। लगानी कर्ताले लगानीको वातावरण बनाउनु भन्दा पहिला नै मजदुरको सङ्घ संस्था खोलिने र भाग बन्डा गरी सिण्डिकेट सिर्जना गर्ने प्रचलनको विकासले समृद्ध नेपालको निर्माणमा मजदुर सङ्घ संस्थाहरू धेरै बाधक बनेका छन्

मुलुकमा कामदारको हक अधिकार र जीवन रक्षाको साथमा भविष्यको बारेमा कुनै ठोस कानुन प्रयाप्त नहुनु र भएको कानुन पनि कार्यान्वयन नहुनु सबै भन्दा दुख लाग्दो र दयनीय अवस्था हुँदै आएको छ। मे १ तारिक अन्तर्राष्ट्रिय मजदुर दिवस मनाई रहँदा मजदुर सङ्घ संस्था नेताहरू राजनीतिक नेताहरू भक्तिभाव गर्न निवास निवास धाउने प्रचलनले कामदारहरूका हक अधिकारहरूका मागहरू सधैँ छायामा पर्ने गर्दै आएका छन् । सम्पूर्ण कामदारहरूको हक अधिकारका मागहरूलाई व्यक्तिगत स्वार्थमा गासिए पछि मजदुरहरूको भविष्य सधैँ अन्योलमा पर्ने गर्दै आएको छ।

मजदुरको नेतृत्व गर्ने मजदुर नेताहरूले दोहोरो फाइदाका कारण मजदुर सङ्घ संस्थाहरूले कामदारहरूले भोग्दै आएका समस्याहरू र सरकारी कर्मचारी तथा मजदुरहरू बिच भएको बिभेदताको खाडल अझ ठुलो बन्दै छ।मजदुरहरूको जीवन स्वास्थ्य र जीवन बिमा र रिटायर जीवनको पेंसिन जस्ता भविष्यको सामाजिक सुरक्षाको लागी अहिले सम्म कुनै ठोस कदम चालिएको छैन।

औद्योगिक विकासमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनको लागि स्वदेशमै व्यवस्थित हुनु पर्ने तालिम, सभा,गोष्ठी र प्रशिक्षण जस्ता अति महत्त्व पूर्ण औद्योगिक पूर्वाधारभुत आधारहरूको निर्माण हुन नसक्नु पनि धेरै दुखको विषय बन्दै आएको छ। मुलुक भित्र भएका दक्ष जनशक्तिहरूलाई पनि सरकारले तोके बमोजिमको न्युनुतम तलबको कार्यान्वयन हुन नसक्नुले मजदुरहरूको मनोबललाई निरुत्साहिक गर्दै भविष्य नै अन्धकारमय भएको छ।

लैंगिक बिभेदाता भएको पितृसत्तात्मक मुलुकमा महिला र पुरुष कामदारहरूको दैनिक तथा मासिक तलबमा धेरै अन्तर छ तर महिला अधिकार र सशक्तिकरणको बारेमा जे जस्ता कार्यक्रमहरू भए पनि प्रगतिको उमुख तीर धेरै कम भएको देखिन्छ।तर पनि लैंगिक समानताका आवाजहरू गुञ्जिने गर्दछन्।सीमित व्यक्तिहरूको क्षेणिक स्वार्थले गर्दा महिला र पुरुष कामदारहरू बिचको न्युनुतम तलबको बारेमा खासै प्रगति भएको देखिँदैन।

नेपालको संविधानले मजदुरहरूको हक आधिकरको बारेमा जे जस्ता प्रावधानहरू व्यवस्था गरे पनि कार्यान्वयन र व्यवस्थापन पक्ष धेरै कम्जोर भएको मुलुक नेपालमा मजदुरहरूको हक,अधिकारहरूको माग सम्बोधन हुन सकेको छैन। गरिमामय संविधानले व्यवस्थित गरेको नियम कानुनको मर्यादाले मजदुरहरूको जीवन स्तरलाई परिवर्तन गर्न सरकार र सरोकार वाला सङ्घ संस्थाहरूको ईमान्दारिता पूर्वक संयुक्त रूपमा कार्य गर्न सक्दा सबैको भलो हुनसक्दछ।तब मात्र अन्तर्राष्ट्रिय मजदुर दिवसको महत्त्व ,गरिमामय र सम्मान हुन सक्ने छ।

(लेखक थापा एनआरएनएका निवर्तमान सल्लाहकार हुन)