माइती मेलामा सम्मान - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

माइती मेलामा सम्मान



किंग खनाल, काठमान्डौ, भाद्र ५

हिन्दु नारीहरुको महान पर्व तीज को अवसरमा सौन्दर्य कलाकर्मिहरुको संस्था ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले तीज माइती मेलाको आयोजना गरि विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच महिलाहरुलाई सम्मान गरेको छ । शनिबार ललितपुरमा भब्य कार्यक्रम आयोजना गरि उक्त सम्मान गरेको हो।

वरिष्ठ कलाकार बसुन्धरा भूषाल, पुर्व मिस नेपाल उषा खड्गी, ब्युटिसियन चिनु गुरुङ, चित्रकार जया शर्मा र उनका सञ्चारकर्मी पति सुव्रत आचार्य अनि नृत्यङ्गना 14055734_1280322902001915_98843887_nरोमा न्यौपानेलाई रु.दश हजार सहित सम्मान गरियो । कलाकारहरु दिपाश्री निरौला, किरण केसी, कुञ्जना घिमिरे ‘सुन्तली’, गायिका निशा सुनार, जुनु रिजाल काफ्ले लगाएतका कलाकार को उपस्थिती रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि माननिय मदन बहादुर अमात्यले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
संस्था कि अध्यक्ष मिना रिमालले हिमालपोस्ट संग कुरा गर्दै भनिन “ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले प्रत्येक वर्ष तीज कार्यक्रमको आयोजना गर्दै तीज को खुसी बांड्दै विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरिरहेको छ ।”