मैले बेचेको सन्तान ! - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

मैले बेचेको सन्तान !



-अन्जना केसी 

“पहेँलो घाममा पल्टेको थियो काठ्मान्डौ सहर ।चकमन्न , कुनै रगं छैन , केही नयाँ पन छैन आफूभित्रको मनदेखि लिएर सारा आकाश रित्तो ! फुँगं उडेको रित्तो ! जान त मलाई त्यही पर्छ जहॉ जुन बेला पनि मेरी बुढी मलाई मुस्कुराएर स्वागत गरेकी हुन्छे ।

तिन लाख १० हजार पैसा बोकेर घर गएँ । १२ बजेको हुँदो हो ।बच्चाहरू घरमा थिएनन । स्कुल गएका थिए।बुढीले घरको सरसफाइ गर्दै थिई ।

ओहो ! आज कति चाडै आउनु भएको ? बुढीले आश्चर्य मान्दै सोधी ।

म चुपचाप बुढीलाई अँगालो हाले ।यो अँगालो मेरो आफ्नै हो दुइटा हत्केला समाएँ , खेलाए,यी रहर लाग्दा कोमल हत्केलाहरु सधैँ मेरा आफ्नै हुन । यिनलाई म जसो गरूँ । जे गरु ।

मेरो गुमेको जस्तो सन्तुलन देखेर उसले अस्वाभिक लाग्यो सायद । केही बेरमा उसले आफ्ना हात तानी ।जुरुक्क उठेर पानी लिएर आउँछु भन्दै गई ।

थाह छैन किन यस्तो हुँदैछ ।कहिकतै जान मन लागेन । कसैको फोन उठाउन मन लागेन ! बेडमा पल्टिरहे । ५ बजे उठेर महिमा म्यामको अफिस पुगे ।

त्यहॉ पुग्दा निमाको श्रीमान् लड्डु बाँड्दै बधाई थापिरहेका थिए ।महिमा म्यामको जवाई भोकाले उनी सँग खुसी सेयर गर्न आएका थिए होलान् ।

“निमाका श्रीमान् भन्दै थिए दिन आउन पर्दोरहेछ दिज्यू बाउ बन्नलाई पनि “।

महिमा म्यामलाई अफिसबाट आफ्नो घरमा छोडेर सोझै  आफ्नो डेरामा फर्किएँ । कसैको कल रिसिभ पनि गरिन । खान मन पनि थिएन । खान नखाई सुत्ने कोसिस गरे निन्द्रा पटक्कै लागेन । निमाको पेटमा हुर्कँदै गरेको बच्चाको बारेमा सोचेर रात बिताएँ ।फेरि बिहान महिमा म्यामलाई अफिस पुराउनै पर्छ , पुराउन बित्तिकै निमालाई फोन गरे ।

हेलो !उताबाट आवाज आयो !

सन्चै हुनुहुन्छ निमा म्याम ? मैले सोधे ।

ह्या फोन नगर न !बच्चालाई असर गर्छ के ? ८/९ महिनामा तिम्रो पैसा पाईहाल्ंछौ नि ?

निमाले निमको पत्ता भन्दानि तितो जवाफ दिइन । त्यसो भन्न बित्तिकै फोन काटे । मुटुमा भाला रोपिए जस्तो बिझायो, आत्मभिमानमा नराम्रो धक्का लाग्यो । सबै कुरा ,सबै सम्बन्ध व्यर्थ र क्षणिक लाग्न थाल्यो ।

२/४ दिन देखि धन्दाको फोन उठाउन र जान छोडेको थिएँ । हरेक दिन जसो कल गर्थे निमालाई । तर उनले फोनमा सधैँ झपार्थिन ।निमाको इंगनोर पचाउन सक्ने सामर्थ्य म’मा थिएन ।आफ्नो नियमित काम बाहेक अन्त सोच्नै छोडेको थिए , कसो कसो निमाको प्रेममा परेछु ।

मलाई अन्त कतै मन नै गएन ।घरमा हुँदा पनि उनकै याद आई रहन्थ्यो घरी घरी । बिस्तारै आफूलाई बदल्दै थिएँ लगभग ५/६ लाख पैसा जम्मा भएको थियो । सानो तिनो ब्याबसाय गर्न सक्ने अवस्था त थियो तर त्यो ब्यावसायले खर्च नचल्न सक्थ्यो । नियमित ग्रहाकको काम बाहेक नयॉ आउने कुनै पनि काम गर्न छोडेको थिएँ ।

दिनहरू बित्दै थिएँ ९ महिना लागेपछि महिमा म्यामले निमालाई दही चिउरा खुवाउन जाऊ भन्नु भयो ।गाडीमा लिएर लिएर गएँ निमाको घरमा । घरभरि पाहुना थिएँ । खै बच्चा जन्मनु अघि पनि यस्तो दहिचिउरा खुवाउन को लागि पनि पार्टी हुन्छ भन्ने कुरा पहिलो पल्ट थाह पाउँदै थिएँ ।

(लेखिका केसी)

गाउन अनि शिरमा क्राउन लगाउँदा कुनै सिनेमाको हिरोइन भन्दा बडी सुन्दर देखिएकी थिइन निमा । महिमाको अनुरोधमा म पनि भित्रैको रमाइलो हेर्दै थिएँ ।

त्यहॉ सीमित मात्र पुरुष देखिन्थे बाकी सबै महिला , म पनि तिनै सीमित पुरुष मध्य एक थिएँ जो अन्यासै निमाको खुसीमा रमाइरहेको थिएँ ।सबै जमातलाई ऑखा डुलाउदै गर्दा उनले मलाई देखिन ।एकाएक निमाको अनुहारमा तुषारो पात भयो । मलाई उनको अनुहार पढ्न कति बेर पनि लागेन ।म बाहिर निस्किन खोज्दै थिएँ !
“मलाई आँखाको इसाराले बोलाइन ।

उनी आफू सँगै बसेका महिलालाई बाथरुम गएर आउँछु भन्दै आफ्नो रुमतिर लागिन ।म उनको पछि पछि लागे ।

आफ्नो रुमबाट साइन गरेको चेक मेरो हातमा थमाउदै आफूलाई आवश्यक पर्नै पैसा भरेर साट्नु तर मेरो अगाडी कहिले मुख नदेखाउनु भन्दै गइन ।

म हेरेको हेराइ भए , अघिसम्म निमालाई देखेर उल्लासले धड्किएको मुटु , अहिले अत्यासले धड्किन थाल्यो ।उनलाई मसँग के को आपत्ति थियो त्यो अहिले सम्म पनि रहस्यकै गर्वमा छ ।

मैले पैसा पाउनको लागी बच्चा जन्मिने बेला सम्म पनि कुर्नु परेन । चेकमा चाहेजति पैसा भर्नु भनेकी थिइन निमाले ,तर मैले सहमतिकै पैसा चेकमा भरे पॉच लाख। पैसा निकालेर घरमा ल्याएँ ।

मलाई यो सहरमा बस्नै मन लाग्न छोड्यो । यही केही ब्यावसाय गर भने पनि भित्र भित्र गाई गुई हल्ला फैलिँदै थियो मेरो बारेमा । एक दिन राती बुढीले भन्दै थिई । हजुरले क्यारनु हुन्चर ? हजुरको बारे मान्छेहरू के के भन्छन् !

कसले के भन्छ ?

कसैले प्ले बोइ भन्दै थिए , कसैले केटी त देख्नै नहुने , कसैले जहिले जहॉ पनि केटी सँगै हिँड्या देख्छु अलिअनुशासनमा राख है बुढोलाई भन्छन् नि ?

तिमी के भन्यौ त ?

गाडी चलाउनु हुन्छ जा भन्छन् त्यही जान पर्छ नि भने । ठिक भन्यौ । तिमी सही छौ म सही छु । अरूको वास्ता नगर। अनि उ चुपचाप भई कहिले केही सोधिन ।

नयाँ वर्ष लाग्दै थियो , मैले महिमा सँग एउटा कुरा राखे , “पोखरा जानु पर्ने भयो म्याम । अब गाडी चलाउने मान्छे अर्कै राख्नुहोला वैशाख देखि” ।

उनले आश्चर्य मान्दै सोधिन ।

किन ?
घरमा आमा एक्लै हुनुहुन्छ अनि बिरामी पनि । कालो अनुहार लगाएर हुन्छ भनिन । केही पैसा दिएर बिदा गरिन ।

पोखरा देखि धेरै टाढाको गाउँमा थियो घर तर घरमा नगई हामी पोखरा गयौ ।बच्चाहरूको नयॉ सेसन सुरु भयो बच्चाहरू पोखराको स्कुलमा नै भर्ना भए । केही स्थानीय साथीहरूको सहयोगमा फेरी मेरा सङ्घर्षका दिनहरू सुरु भएँ । मैले पोखराको लेकसाईड मा एउटा राम्रो रेस्टुरेन्ट सुरु गरे ।

बिल्कुल नयॉ परिवेशमा सञ्चालन भएको मेरो रेस्टुरेन्ट रफ्तारमा अगाडी बढिरह्यो । मलाई पुराना दिन मेरो मानसपटलमा कहिल्यै नआईदिओस जस्तो लाग्थ्यो , तर विगतले नै वर्तमानको निर्धारण गर्छ । कहॉ छुप्न सक्छ र विगत ।

रेस्टुरेन्ट सञ्चालनमा ल्याएको ३ वर्ष पुरा हुँदै थियो । नयाँ वर्षको रमझम उत्तिकै थियो पोखरा नयॉ वर्ष मनाउन आउने आगन्तुकहरुको प्रवेशले रेस्टुरेन्ट प्राय भरिभाउ हुन्थ्यो । हाम्रो फेमिली रेस्टुरेन्ट भाकोले सबै केही विदेशी पर्यटक र पारिवारिक मान्छेहरू नै बढी आउने गर्थे।

यत्तिकैमा एउटा बच्चाको हात समातेर एक जोडी प्रवेश गरे ।काउन्टर देखि सजिलै देखिने सिटमा बसे । कहीँ कतै देखेको जस्तो , मैले घोरिएर हेरे , स्टाफ भाइ अडरको लागि गईसकेको थियो । मलाई ठम्माउन गारो भएन । उनीहरू निमाका श्रीमान् श्रीमती नै थिए ।

म चाहन्थे उनीहरू मलाई नदेख्न । मैले मात्र निमा र मेरो बच्चालाई धीत मरुन्जेल हेर्न पाउ ।मेरो बच्चा जो कसैको पेटमा नबस्दै बेचेको थिएँ मैले ।मलाई म बाउ हु भन्ने अधिकार पनि छैन , । आफ्नो रगत माथि श्रद्धा माया र करुणा राख्न नपाउने अभागी बाउ।

मैले मेरो बच्चा देख्दा , यस्तो लाग्यो ,एउटा कालो पोलिने असत्य माथि सत्यको चिसो पानी खनाए जस्तो,धेरै समय सम्म पाकेको पिलो फुटेर सन्चो भए जस्तो । आखिर भगवान् रहेछन् र त हामीलाई फेरी भेटाइदिए ।

उनीहरूले नदेख्ने गरी धेरै पटक हेरे ।ठ्याक्कै म जस्तो । थ्याप्चो नाक , हाउ भाउ चन्चलता सबै मेरै जस्तो ।पहाड चिरेर बगेको कलकल खोला जस्तै उसको हॉसो ।

बच्चा त्यो सिटबाट उठेर खेल्दै दौडिदै काउन्टर तिर आयो । म जुरुक्क उठेर मेरो संन्तानलाई समात्न खोजे ।
निमेष !

निमाले सारो आवाजमा उसलाई बोलाइन । अब थाह भयो बच्चाको नाम निमेष राखिएको रहेछ। निमाको आवाजले उसलाई समात्न तमासेका मेरा हात बिजुलीको झड्काले उछिट्टिए जसरी आफ्नै गोजीमा आइपुगे ।

मिर्मिरे सॉझ हुँदै थियो उनीहरूको खाना अनि वाइनका ग्लास टेवलमा थिए , वाइन र खानामा भन्दा पनि निमाका बुढा बुढीको ध्यान बच्चामा थियो । रेस्टुरेन्टको मधुर लाइटले निमेषको अनुहारलाई चुम्मन गरिरहेको थियो । आहा ! त्यो लाइटको उज्यालो म हुन पाएँ ।

मलाई थुप्रै पटक हेरिन निमाले तर बोलाईनन । म चुपचाप लुकेर मात्र हेरिरहे ।

मेरो बच्चाको , मेरो निमेषको बाबा त्यही काउन्टरमा बस्ने मान्छे हो भनेर चिनिन वा चिनिनन् । त्यो उनकै मनलाई थाह होला ।

(उक्त  कथा  अन्जना केसीद्वारा लिखित हो म पुरुष वेश्या हु को भाग २ हो )