महिला दिवस ,पुरुष आवाज - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

महिला दिवस ,पुरुष आवाज



हरि थापा

“धेरै देखियो महीलाका चरम पिडाहरू हामीले पहिल्यै सोच्नु पर्थ्यो ।एउटी महिला परिस्थिति अनुसार छोरी,आमा,दिदी,बहिनी,भाउजू,काकी,श्रीमती विभिन्न जिम्मेवार बहन गर्दै परिपक्व हुँदै यस्ता श्रेणीहरू पार गर्दै जान्छिन।

जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवानको बास हुन्छ”भनिने उखान छ सायद यो उखान मै सीमित भएको केही घटना परिदृष्यहरुले स्पष्ट देखाइसकेको छ।यो समानता भन्ने चिज न पुरुष -पुरुष बिच छ ,न नारी-नारी बिच ! झन् नारी र पुरुषको समानता संविधानको खेस्रोहरुमा अल्झिएका भए पनि व्यवहारमा अलिकति पनि छँदै छैन।

मार्च ८ अर्थात् अन्तराष्टिय महिला (नारी) दिवसको आफ्नै गोैरवशाली इतिहास छ संसार भरका महिलाहरूले यो महिला दिवस मनाउन थालेको एक सय सात वर्ष पुरा भइसकेको भन्ने भनाई छ।

महिला दिवस  महिला दिदीबहिनीहरूको जागरुकताक लागि मनाइने गरिन्छ विभिन्न नाराहरूको खाका तयार पारिन्छ समानताका ठुला ठुला भाषण गरिन्छ तर उनीहरूका पिडाचाहिँ जस्ताको तस्तै छन्।एक वर्ष होइन दुई वर्ष होइन बर्षोै वर्ष यसै गरी वितिरहेको छ।

उनीहरूका समस्या जस्तो सुकै होस तर चर्को नारा बिकेको छ मार्केट राम्ररी फस्टाएको छ केही दुख वेदना बेचिदिन्छन,केहीले कला बेचिदिन्छन,अनेकोैँ पिडा र गुनासोहरू बेचिदिन्छन बेच्नेहरु लखपती भएर असाधारण परिवर्तन भएर देखिन्छन भने अवस्था अझै नाजुक अझ गयागुज्रेको देखिन्छ खैँ कहाँ भयो उद्धार कसले दिलायो न्याय?

हरेक वर्ष आउने महिला दिवसले उनीहरूका पिडा लाई मलम लगाउने काम भएको छैन उल्टै पिडा थप्ने गरेको छ तर महिलाको विषयलाई लिएर धेरैले आफ्ना एजेन्डा तयार पारेका छन् उल्टै निरीह बनाउने कमजोर बनाउने काम बाहेक अरू केही पनि भएको छैन। प्रत्येक वर्ष महिला दिवस अधिकार समानता पुरुष हिंसाका विरुद्ध एक दिन चर्को आलोचना गरिन्छ।प्रखर रूपमा अाक्रमक ढङ्गले पस्तुत हुन्छन् र पुरै बेलुन झ‌ै हावाँ फुस्किएर अोईलाउछन। अनि फेरि अर्को वर्ष पनि समस्या चाहिँ उस्तै रहने हो भने यो भन्दा लाज मर्दो घृणित विषय के हुन सक्ला!

जहाँ लक्ष्मी र देवताको अवतार सँग नाम जुधाई नारीहरूलाई सम्मान दिइन्छ त्यही अलि पर नारी दिवसको स्पष्ट नारा भित्ताहरूमा रङ्गाएका हुन्छन्।

यति मात्र हैन त्यसकै वरिपरि नारिदिवसले गिज्याईरहेको हुन्छ।नारिदिवसकै दिन रक्सी पिएर श्रीमानले श्रीमती जिउँदै जलाउँछन,सातअाठ वर्षका नाबालिकाहरु बलात्कृत हुन्छन् ,आमा उमेरका महिलाहरू बोक्सीको आरोपमा जुत्ताको मालामा सजिन्छन भने अझ भाइटिकाको दिन महिलाहरूको टाउकोमा पुरुष पात्रहरूले बन्चरो बजारिन्छ भने किन पुरुषहरू नै चुरिफुरी गर्दै किन मनाउँछन नारी दिवस ?

एउटी महिला जो अशक्त वृद्ध कमजोर र विदुवा छिन कमजोर हुनुकै कारण तडपाई तडपाई जिउँदै मारिन्छ भने खै कहाँ छ नारी सम्मान र किन मनाउने नारी दिवस।कमसेकम नारीलाई केही माथि उठाउँन सकोस् तर यहाँ अझ‌ दबाउने प्रवृती यथावत् छ ।

समयको वेग कति स्पिडमा छ कुनै मुल्याङकन गर्न सकिँदैन।मात्र पछिपछि दोैडिरहने हो जब समयको पछि दोैडिरहन्छोैँ समयलाई आफ्नो पछि दोैडाउन सक्दैनोैँ।हामी उहिँ सङ्कुचित सोचले ग्रसित छोैँ।अलिकति पनि बाहिर निस्केको सकेका छैनोैँ कुरो रकेट उडाउने हैनआफ्नै घरमा हुने अमानविय महिला हिंसा लाई मथ्थर पार्नुको साटो हामी बाहिर कुदिरहेका छोैँ।

केही विकसित राष्ट्रका कुरा गर्ने हो भने विज्ञान र टेक्नोलोजीले गगन चुमिसक्यो तर हामी भने एकाईसोैँ शताब्दीको आधुनिक युगमा पनि बोक्सीका आरोपमा चेलीहरू आमा सरह दिदी बैनी सरहका कमजोर महिलाहरूलाई मानव मलमुत्र खुवाईन्छ,कालोमोसो दलिन्छ कति डरलाग्दो छ यो स्थिति,अब सुध्रिने चाहिँ कहिले हो?कि सङ्ग पुच्छर नै उम्रिन पर्ने हो?

यति मात्र होइन जब मानिस भित्रको मानवता हराउँछ तब जंगली सामाजिक संरचनाका छविहरू तब देखिन्छ जब एउटी असहा्य निरीह महिला कुटिन्छिन,चुटिन्छिन र अपमानित हुन्छिन भने के को लागि मनाउने नारी दिवस?

हामी कहाँ छोैँ त्यो त समाजमा घटेका यावत घटनाले छर्लङ्ग पारेको छ।अझै पनि हामी पुरुष जातिले लाज नमान्ने हो घर बाहिर सभा समारोहमा गोष्ठीमा महिलाको विषयमा चर्को भाषण गर्छोै र घरमा आएर निर्दोष श्रीमती माथि शोषण गर्छोैँ अनि महिला दिवको खुलेरै शुभकामना दिन पछि पर्दैनोैँ आजको महिला दिवको ताजा स्थिति यस्तै भयावह छ सरकारले कडा कमद चालेर महिला माथि हुने आपराधिक हिंसा हत्या र बलात्कार कुटपिट जस्ता विषययमा गम्भीर भई पहिलो प्राथमिकतामा राख्नु पर्दछ अनि मात्र महिला देवको तुक रहन सक्छ।