महाशिवरात्रिको तयारी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

महाशिवरात्रिको तयारी



काठमाडौँ, फागुन ६

पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष अन्तर्गत आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिनुभयो ।

विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्र्ने गरी उपसमिति गठन गरिएको हो ।
महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् । “यस वर्ष १३ लाख भक्तजनले पूजा एवं दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गतवर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए,” उहाँले भन्नुभयो ।

यस वर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ ।