माघ ५ बाट सुरु हुने भनिएको डिपिएल चैत्रमा सर्‍यो , दर्ता प्रक्रिया सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माघ ५ बाट सुरु हुने भनिएको डिपिएल चैत्रमा सर्‍यो , दर्ता प्रक्रिया सुरु



कैलाली ,धनगढी ।। कैलालीको धनगढीमा माघ ५ गतेबाट गर्ने घोषणा भएको धनगढी प्रिमियर लिगको मिती करीव दुई महिना पछाडी सरेको छ । प्रतियोगिता चैत्र १७ देखि बैसाख १ गतेसम्म हुनेभएको छ । प्रतियोगिताका लागि आयोजकले खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ ।

विभिन्न ब्यवसायीक घरानाको सहभागिता रहने प्रतियोगिताको दोस्रो सस्करण यसअघि माघ ५ गतेबाट गर्ने घोषणा भएको थियो । तर नेपाली क्रिकेट टिमको अन्तराष्ट्रिय क्यालेञ्डर जुधेकाले डिपिएल आयोजकले दुई महिना पछाडी प्रतियोगिता सार्ने निर्णय गरेका हुन । जसका लागि आयोजकले खेलाडी दर्ता प्रक्रिया आज देखि खुल्ला गरेको छ भने माघ २५ गते बन्द गर्ने घोषणा गरेको छ । प्रतियोगिताको खेलाडी अक्सन फागुन ५ गते हुनेछ । अक्सन अगाडी डिपिएलमा सहभागि टिम र रणनितीक खेलाडीको निर्ण गरिनेछ । जसमा कप्तान छनोट हुनुपर्छ भन्ने आवश्यक छैन ।

कप्तान छनोटको जिम्मेवारी टिम मालिकको हातमा हुनेछ । अक्सनका लागि खेलाडीलाई तीन समुहमा विभाजन गरिनेछ । तर खेलाडीको आधारभुत रकम भने तोकेको छैन । पहिलो सस्करण जस्तै यसपटक पनि डिपिएलमा ६ टिमको सहभागिता नै हुनेछ । समय अभावका कारण आयोजकले नया टिम नथप्ने भएको छ । तर यसपटक हरेक टिममा दुई जना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान बनाएको छ । साथै हरेक टिममा एक जना सुदुरपश्चिमको खेलाडी पनि अनिवार्य हुनुपर्नेछ । प्रतियोगिताको आधिकारीकताका लागि आयोजकले अन्तराष्ट्रिय क्रिकेट परिषदबाट स्विकृतीका लागि पहल पनि सुरु गरेको छ ।

यसपटकको विजेताले अहिलेसम्म कै धेरै २५ लाख रुपैया पाउने छ भने उपविजेताले १० लाख हात पार्नेछ । यस्तै तेस्रो हुने टिमले तीन र चौथो हुने टिमले दुई लाख रुपैया प्राप्त गर्नेछ । गत बर्ष विजेताले १५ लाख र उपविजेताले सात लाख रुपैया पाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान टिभिएस मोटरसाइकल पाउनेछ । प्रतियोगिताको कुल बजेट तीन करोड रुपैया रहेको छ भने पुरस्कार राशिमात्र ५० लाख रुपैया रहेको छ ।