राति ८ बजेपछि मदिरा र चुरोट बिक्रीमा प्रतिबन्ध - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राति ८ बजेपछि मदिरा र चुरोट बिक्रीमा प्रतिबन्ध



काठमाडौँ । राति ८ बजेपछि मदिरा र चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने तयारी सरकारले गरेको छ ।त्यस्तै १८ वर्षभन्दा कम उमेर भएकाहरुले कुनैपनि समय मदिरा र सूर्तीजन्य पदार्थ किन्न नपाउने नियम ल्याउने सरकारी तयारी छ ।

राति आठ बजेपछि मदिरा र चुरोटको विक्रीबितरणमा गर्न नपाइने व्यवस्थासहितको नियम आगामी बैशाख १ गतेबाट लागु हुने अर्थमन्त्रालयले जनाएको छ । सरकारले सामाजिक सुधारका लागि मदिरा र सूर्तीजन्य पदार्थको बिक्रीमा कडाई गर्न लागेको हो । अर्थ मन्त्रालयले यस सम्बन्धी कार्यविधि तयार गरिरहेको छ ।

मदिरा र सुर्तीजन्य पदार्थको खुला बिक्री र उपयोगले समाजमा नकारात्मक प्रभाव परेको भन्दै सुधारका लागि यस्तो नियम ल्याउन लागिएको हो । त्यस्तै अर्थले मुल्य अभिवृद्धि कर कडाइका साथ लागु गराउन ठूला व्यापारिक घराना र डिपार्टमेन्टल स्टोरहरुमा पनि अनुगमनलाई तीव्र पार्ने भएको छ ।