मदिरा सेवन गर्ने शिक्षकको जागिर चैट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मदिरा सेवन गर्ने शिक्षकको जागिर चैट



जाजरकोट । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।

शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताए ।

बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो ।