उपेन्द्र-महन्थलाई सरकारमा लैजान प्रचण्ड-ओलीको प्रयास ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

उपेन्द्र-महन्थलाई सरकारमा लैजान प्रचण्ड-ओलीको प्रयास !



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् ।

स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना मधेशको मुद्दा सम्बोधन गर्नको लागि संविधान संशोधन गर्न तयार रहेका छन् । त्यसैले सरकारमा सहभागी हनको लागि राजपा र फोरम दुवै पार्टीका नेताहरुसँग नेकपाका नेताहरुले प्रस्ताव गरिरहेका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने प्रतिबद्धता ओली र प्रचण्डबाट आए आफूहरु पनि सरकारमा सहभागी हुन सक्ने संकेत गरेका छन् । तर यादवले यसको लागि संविधान संशोधनमा लिखित सहमति सरकारले जनाउनुपर्ने बताए ।

यता राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पनि सरकारमा सहभागी हुनको लागि सत्तारुढ दलबाट प्रस्ताव आएकोले आफूहरुपनि सकारात्मक रहेको जानकारी गराए ।

राजपा नेपाल र फोरमले पनि ओली सरकार गठनमा समर्थन गरेका हुन् । रिपोर्टस नेपाल