मदनकृष्ण श्रेष्ठको महको 'म' सार्वजनिक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मदनकृष्ण श्रेष्ठको महको ‘म’ सार्वजनिक



काठमाडौँ, भदौ २० ।

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सार्वजनिक गरिएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमबिच हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरेका हुन् ।६ वर्ष लगाएर कलाकार श्रेष्ठले तयार गरेको आत्मकथा श्रीमतीलाई क्यान्सर भएर उपचारतिर लाग्नु परेकाले ढिलाइ भएको कार्यक्रममार्फत जानकारी दिए ।

कार्यक्रममा बोल्दै हरिबंश आर्चायले मदनकृष्णलाई आफ्नो ‘जीवन दाइ’ को संज्ञा दिएका छन् । पुस्तक माथि बोल्दै लघुकथाकार रवीन्द्र समीरले महको म नितान्त मौलिक, पृथक् एवम् शास्त्रीय आत्मकथा भएको बताए ।आत्मप्रशंशा, आत्मश्लाघा तथा स्वैरकल्पनाबाट पूर्णतया बचेको यो पुस्तक नेपाली साहित्यको अमूल्य प्राप्ति हो भन्दै डा. रवीन्द्र समीरले भने – ” महको म लेखकको मात्र नभएर उनी बाँचेको समयको आत्मकथा हो । महको म पढ्दा कहिले एक्लै हाँसो लाग्छ, कहिले गम्भीर बनाउँछ, कहिले घोत्लिन बाध्य गराउँछ, कहिले रुवाउछ, कहिले लेखकप्रति अगाध श्रद्धा उत्पन्न हुन्छ त कहिले मिठो इर्श्या लाग्छ ।प्रेम, अन्तरजातीय विवाह, यसोदा भाउजूको क्यान्सर सङ्घर्ष, लेखकको पार्किन्सनको कारण ” चिप्स र ब्याट्री ” ले चलेको जीवन आदि पढ्दा मुटु ढुक्क फुलेर आउँछ। ”

कार्यक्रममा श्रेष्ठले लेखेका गीतहरू उनका छोराछोरी यमन र सराना श्रेष्ठले गाएका थिए । श्रेष्ठ आफैँले पनि आफ्ना केही गीत गाएका थिए । असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, ‘महको म’ ।

पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संर्घष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रालाई समेटेको छ ।पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।