यस्तो रहेछ २०५० सालमा मदन भण्डारी र प्रचण्डको कुराकानी ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यस्तो रहेछ २०५० सालमा मदन भण्डारी र प्रचण्डको कुराकानी !



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् ।

रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सिंगो देशले एकता चाहेको प्रतिक्रिया दिए ।

‘हामीलाई चिन्ता छ’, उनले भने, ‘सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने ।’

प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको भन्दै विलम्ब गर्न नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको उनको भनाइ छ ।

‘यो एकताको बिषय सजिलो गरी भएको होइन’, उनले भने, ‘कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग २०५० जेठ ६-७ गते छलफल गर्ने कुरा हामीबीच भएको थियो’, प्रचण्डले विगतको एकता प्रयास सम्झिँदै भने, ‘तर उहाँको बीचमै (२०५० जेठ ३ गते) हत्या भयो ।’

शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रूप दिने अध्यक्ष प्रचण्डको भनाइ छ । एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको भन्दै उनले एकताको प्रक्रियामा उत्रिन कार्यकर्ताहरुलाई आह्वान गरे । देशको समृद्धि नै अहिलेको मुख्य कार्यभार भएकाले यसलाई पूरा गर्नु सबैको कर्तव्य भएको उनको भनाइ थियो ।