मदन भण्डारी गोल्डकप चैत ९ गते देखि - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मदन भण्डारी गोल्डकप चैत ९ गते देखि



बुटवल । मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत ९ गते देखि हुने भएको छ ।

फागुनको अन्तिम साताबाट प्रतियोगिता शुरु गर्ने तयारी थालेको मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश नं। ५ ले प्राविधिक समस्याका कारण मिति सारेको हो ।

राष्ट्रप्रमुखबाट उद्घाटन र समापन समापन हुने गरि कार्यक्रम हुने आयोजक एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्यले बताए ।

प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद ७ लाख ५० हजार रुपैया पुरस्कार राखिएको प्रतियोगिताको आवश्यक सबै तयारी पुरा भएको उनले जानकारी दिए ।

रामनगरस्थित मानवज्ञान माविको खेलमैदानलाई हरियाली बनाउने, अस्थाई प्याराफिट बनाउने, पत्राचारका कामहरु भएका छन ।

नया अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको ३ लाख बराबरको विमाको ब्यवस्था गरिएको एकेडेमीका जिल्ला अध्यक्ष नन्दु काउचाले बताए ।

प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, विभागिय टिमका साथै आयोजकको समेत एउटा छुट्टै टिम तयार गरिएको बताए । प्रतियोगितामा १ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ ।