लुम्बिनी राईजिङ् स्टार २ बने संगित पौडेल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लुम्बिनी राईजिङ् स्टार २ बने संगित पौडेल



बुटवल ।  लुम्बिनी राईजिङ स्टार सिजन टु बाट बुटवलका संगित पौडेल विजेता बनेका छन् ।
लुम्बिनी टेलिभिजनबाट पांच महिनादेखि प्रशारण भईरहेको लुम्बिनी राईजिङ स्टार टु मा ७१ जना प्रतिष्प्रर्धीलाई पछाडी पार्दै पारी बुटवलका १४ वर्षिय संगित बिजेता बनेका हुन् ।
हिंजो बुटवल मण्डपमा सम्पन्न भएको ग्राण्ड फिनालेमा अन्तिम पांचजना प्रतिष्प्रधीका विचमा संगितले आफ्नो गायकी प्रस्तुत गर्दै लुम्बिनी राईजिङ स्टार जितेका हुन् ।
स्टार संगै संगितले नगद ३ लाख ३३ हजार ३ सय ३३ पुरस्कार संगै अन्य आकर्षक पुरस्कार पनि प्राप्त गरेका छन् ।
सानै उमेरदेखि गित संगितमा रुचि राख्ने संगित यसअघि नेपाल गट ट्यालेन्स, बुटवलमा सम्पन्न कृषि मेला २०७४ मा कृषि प्रदर्शनी आईडल समेत बनिसकेका छन् ।
प्रदेशसभा ५ का उपसभामुख कृष्णी थारु र टेलिभिजनका अध्यक्ष एजाज आलमले संगितलाई राईजिङ स्टार र पुरस्कार प्रदान गरेका थिए ।
यसअघि विभिन्न ट्यालेन्टको उपाधी प्राप्त गरेका संगितले लुम्बिनी राईजिङ स्टारमा अडिसन बिना नै प्रवेश पाएका थिए । संगितले बुटवलका कान्ति माध्यमिक विद्यालयबाट यसवर्षको एसईई परिक्ष्ाँ दिएर बसेका छन् ।
अडिसन राउण्डदेखि नै निर्णायकको भुमिका निर्वाह गरेका नारायण थापा संगै सर्जक दयाराम पाण्डे र महेश खड्काले ग्राण्ड फिनालेमा निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
ग्राण्ड फिनालेको अवसरमा आफ्ना मन्तन्य व्यक्त गर्दै उपसभामुख कृष्णी थारुले लुम्बिनी टेलिभिजनले सूचना र समाचार प्रशारण मात्र नभई कला संस्कृती र प्रतिभाको उजागर गर्ने कार्यमा पनि उल्लेखनिय भुमिका निर्वाह गरेकोमा प्रशंशा गरिन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लुम्बिनी टेलिभिजनका निवर्तमान अध्यक्ष्ँ एवं प्रदेशसभा सदस्य विष्णु पन्थीले संचार माध्यमले गर्ने यस्ता कार्यक्रमले नेपालको कला संस्कृति संरक्षणमा सघाऊ पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रम टेलिभिजनका अध्यक्ष्ँ एजाज आलमको अध्यक्षता, उपाध्यक्ष्ँ सुरज भट्टराईको स्वागत तथा महासचिव दिनेश पाण्डे, कार्यक्रम संयोजक शंकर पाण्डे र रवि रानाको संचालनमा सम्पन्न भएको थियो ।