लुम्बिनी धार्मिक पर्यटनको केन्द्र: प्रधानमन्त्री - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लुम्बिनी धार्मिक पर्यटनको केन्द्र: प्रधानमन्त्री



आज बुद्ध जयन्ती देशभर कार्यक्रम आयोजना गरी मनाइँदैछ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली निकालिएको छ । २५ सय ६२ औं बुद्ध जयन्तीको अवसरमा आज बिहान शान्ति र्‍याली निकालिएको हो ।

र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अन्य मन्त्रीहरु तथा देश विदेशबाट लुम्बिनीमा आएका सयौं बौद्ध धर्मालम्बीहरू सहभागी भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजन्मस्थल लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको आज बिहान अवलोकनपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेपनि ओझेलमा परेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको बिकासका लागी सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन हिजो लुम्बीनी पुगेका प्रधानमन्त्री ओलीले आज बिहान बिभिन्न सम्पदाको अबलोकन समेत गरेका थिए।